भदौ १४ को राति चिनियाँ चोरहरुले नेपाली बैंकिङ प्रणाली ह्याक गरी विभिन्न १३ वटा बैंकको एटीएमबाट करिब ३ करोड ५८ लाख रुपैयाँ निकाले। चोरी अघि प्रणालीमा घूसपैठ गर्न कस्तो प्रविधि प्रयोग भयो भन्ने विषय सिंगापुरका विज्ञहरुले अहिले केलाउँदै छन्।
दुई आरोपी फरार रहे पनि ६ चिनियाँ उक्त काण्डमा नेपाल प्रहरीको हिरासतमा छन्। सो घटना सेलाउन नपाउँदै कृषि विकास बैंकको झण्डै ५ करोड रुपैयाँ चोरी भएको अर्को घटना बुधबार पुनः सार्वजनिक भयो। भारतको मुम्बईमा बसेर पिटर कालेले बनाएको योजना अनुरुप काम गर्दा यो चोरीमा एक भारतीय सहित १२ जना नेपाल प्रहरीको हिरासतमा परे। यसरी एकपछि अर्को चोरीका घटनामा प्रविधिजन्य पाटो जोडिएपछि आफ्नो निक्षेपको विषयलाई लिएर सर्वसाधरणको मनमा एक प्रकारको त्रासले डेरा जमाएको छ।
यस्तो त्रास २०७० सालपछि नै नेपाली बैंकिङ उपभोक्तामा देखिन थालेको हो। २०७३ सालको यही समय ताका नेपाल प्रहरीले एटीएम ह्याकिङ काण्डमा विभिन्न ६ जना विदेशी पक्राउ गरी कारबाही अगाडि बढाएको थियो। रोमानिया, टर्की र बुल्गेरियाली नागरिक सो क्रममा पक्राउ परेका थिए। नेपालको कानून र कमजोर पक्षलाई बुझेका ह्याकरले चोरीका लागि नेपाल रोज्ने गरेको पाइएको छ। कानून फितलो हुँदा पक्राउ परे पनि केही वर्ष जेल बसेर छुट्न पाइने विषयमा समेत यस्ता ह्याकरहरु जानकार भएको बुझिन्छ। अन्तर्राष्ट्रिय गिरोहले विदेशस्थित विभिन्न देशका नागरिकको एटीएम कार्डको पिन दुरुपयोग गरी नेपालमा आई पैसा निकाल्ने क्रम पनि देखिएको छ।
उल्लेखित घटनामा सर्वसाधरणको निक्षेप सुरक्षित रहेको बताइए पनि बैंकका ग्राहक ढुक्क भने छैनन्। भविष्यमा पुनः यस्तै घटना दोहोरिँदा आफू पीडित हुनुपर्ने अवस्था आउने हो कि भन्ने आशंका उनीहरुको मनमा छ। यसरी लगातार बैंकिङ प्रणालीमा घूसपैठ गरी रकम निकाल्ने क्रमले ह्याकरको निसानामा नेपाली बैंकहरु रहेको प्रष्ट भएको छ। प्रणाली ह्याक गर्ने, एटीएम कार्डको पिन कोड चोरी गर्ने र निश्चित बैंकको प्रणालीको क्रेडेन्सियल चोरी गरी प्रणालीमा छिरेर रकम ट्रान्सफर गर्ने जस्ता चोरीहरु पछिल्लो क्रममा देखिएका छन्। प्रविधिले एकातर्फ बैकिङ प्रणालीलाई सहज बनाएको छ भने जोखिम पनि उत्तिकै थपेको छ। त्यसैले पनि बैंकहरुले आफ्नो साइवर सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको छ भने ग्राहक पनि आफ्नो गोप्य विवरण सुरक्षित राख्न सचेत हुनुपर्ने देखिएको छ।
चिनियाँहरुले एटीएम ह्याक गरेपछि नेपाल राष्ट्र बैंकले सोसम्बन्धी छानविन गर्न एक समिति पनि बनाएको थियो। समितिले एटीएमबाट हरेक दिन निकाल्न मिल्ने पैसाको सीमा १ लाखबाट ६० हजार रुपैयाँमा झार्न सुझाव दियो। प्रविधिजन्य सुरक्षा, प्रणालीको निग्रानी, बैंकिङ सफ्टवेयरहरुको अपडेट जस्ता पक्षलाई ध्यान दिनु सट्टा पैसा झिक्न मिल्ने सीमालाई नै संकूचन गर्दा समस्या समाधान भइहाल्नेमा ढुक्क हुन सक्ने अवस्था छैन।
नेपाली बैंकहरुले एटिएमका लागि प्रयोग गरेका प्रविधिजन्य सफ्टवेयर किन्दा राम्रो भए पनि तिनको अपडेट तथा सोसम्बन्धी सुरक्षामा कम रकम खर्च गर्दा समेत चोरीका घटना भएका छन्। अर्कोतर्फ बिदाको बेला समेत एटिएम चोरी हुन सक्नेतर्फ समेत सम्बन्धित पक्ष बेलैमा चनाखो हुनुपर्ने शिक्षा चोरी काण्डहरुले दिएका छन्।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रको संयोजकत्वका गठित समितिले दिएको सुझावपछि बैंकहरुको नियमन र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउने निष्कर्षमा केन्द्रिय बैंक पुगेको छ। सुरक्षणका उपायहरुलाई थप सशक्त बनाउने अठोट पनि राष्ट्र बैंकले गरेको छ। आधुनिक प्रविधिसँगै जोखिम पनि बढेकाले उच्च सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले भनेको छ।
समितिले राष्ट्र बैंकसमक्ष पेश गरेको प्रतिबेदनमा हाल बैंक वित्तीय संस्थाले प्रयोग गर्दै आएको सफ्टवेयर परिवर्तन गरी अर्को सफ्टवेयर राख्ने, सुरक्षाको लागि विमाको व्यवस्था गर्ने, म्याग्नेटिकको साट्टो अब चिपमा आधारित कार्ड जारि गर्ने लगायत एक दर्जन सुझाव दिइएको छ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१