पोखराको हल्लनचोकस्थित “पव डान्सिङ बोट” पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। पवले सो अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो वार्षिकोत्सव मनाउने जनाएको छ।
पोखरा क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी विभिन्न खानाका परिकार एवं पेय पदार्थहरुको स्वादको साथमा दैनिक लाइभ म्यूजिकसँगै पारीवारिक वातावरणमा उत्कृष्ट ग्राहक सेवा दिने उद्देश्यले स्थापना भएको पव डान्सिङले आफ्नो उदेश्य अनुरुप नै आफ्ना स्वदेशी सहित विदेशी पाहुनालाई सेवा प्रदान गरिरहेको छ।
डान्सिङ बोटले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत असोज १० गते पहिलो दिन पोखरा १७ महतगौंडास्थित पोखरा वृद्धाश्रमका करिब ५५ जना ज्येष्ठ नागरिक र सिद्धार्थचोकस्थित शिशु स्याहार केन्द्रका करिब ५० जना सुस्त मनस्थितिका बालबालिकालाई पवको संस्कृति र पवभित्रको वातावरणको अनुभूति दिलाउने उद्देश्यले पव परिसरभित्रै खाना, नास्ता, जुस र कोल्ड ड्रिंङ्क्स व्यवस्था तथा हाउस ब्याण्डको सांगीतिक प्रस्तुति दिएको डान्सिङ बोटका प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए।
संगीतसँगै पारीवारिक वातावरणमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अवधारणा अनुरुप संचालनमा आएको पवमा वेदप्रसाद बराल, विश्वराज पौडेल, भीष्मराज पौडेल, मीनराज पौडेल र दामोदर पौडेलको साझेदारी लगानीमा सञ्चालित छ। डान्सिङ बोटले वार्षिकोत्सव अवसरमा पवमा आउने ग्राहकलाई सेप्टेम्बर अन्त्यसम्म मेनुमा १५ प्रतिशत वार्षिकोत्सव विशेष छुट, कम्प्लिमेन्ट्री गिफ्ट भौचर तथा लक्की ड्र कार्यक्रम पनि संचालनमा ल्याएको कर्पोरेट मेनेजर लेखनाथ पहारीले जानकारी दिए।
वार्षिकोत्सलाई मध्यनजर गर्दै डान्सिङ बोटले नेपाल आइडल सिजन–२ उपविजेता विक्रम बराल र उनको ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार हुने जनाएको छ भने गायक सञ्जय श्रेष्ठ र उनको ब्याण्डको प्रस्तुति शनिबार रहने प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
पोखरामा बोलबम सुरु, धार्मिक पर्यटनमा टेवा
सांग्रिला होटल संस्थापक पाण्डेको निधन
कोरोनाले फेरिएको ढिकीडाँडा
पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने
hero news full width
मुख्य समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१