म्याग्दी,७ असोज । सामुदायिक विद्यालय तर्फ देशको नमूना विद्यालयको रुपमा छनौट भएको म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविको वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । विद्यालयले सोमबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको उपस्थितिमा एक समारोहका बीच ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा मन्त्री पुन मगरले विद्यालयलाई बार्षिक उत्सवको शुभकामना व्यक्त गरिन् । उनले शिक्षा मन्त्रालयको नमूना विद्यालयको रुपमा ज्ञान प्रकाश मावि छनौट हुन सफल भएकोमा बधाई दिइन् । ग्रामीण भेग ,दरबन्दी अभाव र सिमित श्रोत साधनका बावजुत पनि नमूना विद्यालयको रुपमा छनौट हुनु सामुदायिक विद्यालयका लागि ठूलो उपलब्धि भएको बताइन् ।
मन्त्री पुन मगरले सामुदायिक विद्यालयलाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उद्घोष गरिन् । विद्यालयकोे शैक्षिक गुणस्तर बृद्धि र प्रभावकारी बनाउन सरकारको एकल प्रयासले मात्र सम्भब नहुने भन्दै अभिभावक, शिक्षक र विद्यार्थी बीचमा सहकार्य हुन आवश्यक रहेको उनको भनाइ छ । शिक्षा र स्वास्थ्य सेवालाई सर्बसुलभ र प्रभावकारी बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको मन्त्री पुनले जानकारी दिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दवेन्द्रबहादुर केसी,गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले विद्यालयलाई बार्षिकोत्सवको शुभकामना दिए । यसैगरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा मगरले सामुदायिक विद्यालयमा न्यून दरबन्दी हुँदा स्थानीय समुदायलाई विद्यालय संचालनमा ठूलो आर्थिक भार पर्ने गरेको बताए ।
सोही अवसरमा गाउँपालिका भित्रमा गत वर्ष एसइईमा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले घोषणा अनुसार आफुले पाउने सेवा सुविधाबाट ज्ञान प्रकाश माविका छात्र एलिस पाइजालाई ५० हजार र सोही विद्यालयकी एलिना बैरागीलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । अनुपस्थित मुक्तिमार्ग मावि घारकी पवित्रा खड्कालाई २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
आर्थिक अभावका कारण गरीब परिवारका उत्कृष्ट ,जेहेन्दार विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनि हौसला स्वरुप आर्थिक सहयोग गरेको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भने । गाउँपालिकाबाट पाउने सेवासुविधा समेत नलिएका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताए । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम संचालनसंगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उनकोे भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ले बेलबहादुर पुर्जाको अध्यक्षता र शिक्षक बुद्धि मिजारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष नरसिं पुर्जा ,गाउँपालिका शिक्षा संयोजक भरत गर्बुजा ,जिल्ला समन्वय समितिका सदस्य मेखबहादुर गर्बुजा ,गाउँपालिका सदस्य एव्म न्यायिक समितिका बुद्धि पुन लगायत विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो । विद्यालयलय वार्षिक उत्सवको अवसरमा गत वर्षको परीक्षामा प्रथम ,द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
अमरसिंहमा छात्रवृत्ति वितरण
गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण
जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ
प्रतिभा माविको विद्यार्थी स्वागत
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१