कावासोती, ७ असोज । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए। मृत्यु हुने पाँचै जनाकोे नाम ठेगाना अझै खुल्न सकेको छैन ।
यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडाँैका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । ना७ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१