पोखरा, ६ असोज । नेपाली काँग्रेस दोस्रो चरणको जागरण अभियान अन्तर्गत सोमवार विभिन्न स्थानमा सभाहरु संचालन भएका छन् ।
पोखराको वडा नं ४ र २० को भलाममा छुट्टाछुट्टै रुपमा जागरणका कार्यक्रम सम्पन्न भएका छन् । कांग्रेस जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलका अनुसार कास्की निर्वाचन क्षेत्र नं २मा नेपाली काँग्रेसलाई बिजयी गराउन कास्की काँग्रेस एक ढिक्का हुनुपर्ने भनाइृ उनको छ ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि सुबोधचन्द्र लामिछानेले जागरण अभियान उप चुनाव र संगठन विस्तारका बारेमा केन्द्रित रहेको बताए । उनले सरकारका अराजक गतिविधिका कारण देशमा भ्रष्टचार र द्वन्द्धहिनता मौलाएको बताए ।कार्यक्रममा राष्ट्रिय सभा सांसद बृन्दा रानाले पार्टीभित्र एकअर्कालाई दोषारोपण गर्ने र आफूले जिम्मेवारी वहन नगर्ने प्रवृत्ति मौलाउदा पार्टीमा क्षति पुगेको बताइन ।
प्रदेश सांसद बिन्दुकुमार थापाले उपनिर्वाचन कांग्रेसको पक्षमा हुने विश्वास व्यक्त गरे ।नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा ४ का सभापति गोबिन्द पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, क्षेत्रीय सभापति मधु बास्तोला, प्रदेश ख सभापति वीरेन्द्र मर्सानी, सुरेन्द्र कोइराला, इकाई उपसभापति शंकर कोइरालाले कांग्रेसलाई जिताउन सबै एक भएर लाग्नु पर्ने बताए ।यसैगरी पोखरा २० आयोजित कार्यक्रममा पार्टी संगठन विस्तार गर्दै जनताको घर दैलोमा कांग्रेस पुग्नु पर्ने जोड वक्ताहरुले दिएका थिए ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१