ढिकुरपोखरीमा १० औं मेलाको तयारी

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७६
dhikurpokhari football progrem photo

हेमजा, ६ असोज।यस वर्ष अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा हुने प्रथम दसौं मेलाको तयारी तीव्र पारिएको छ ।मेलाको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अन्नपूर्ण २ स्थित ढिकुरपोखरी युवा क्लबको आयोजनामा यहि असोज १४–१८ गतेसम्म माछापुच्छे् माविको प्राङगणमा मेला हुदैछ ।मेला सम्पन्न गर्न शनिवार क्लबले सरोकारवालासँग छलफल गरेको छ ।

कार्यक्रममा बोल्दै गाउँकार्यपालिका सदस्य भगवती भण्डारीले मेलालाई सहयोग गर्न गाउँपालिका तयार रहेको बताइन् ।उनले दसौं मेला सबैको मेला भएको भनाई राख्दै मेलामा देश विदेशबाट पनि सहयोग जुटाउनुपर्ने धारणा राखिन् ।वडा सदस्य देवराज भण्डारीले दसौं मेलालाई निरन्तरता दिने हिसावले आयोजना गर्नुपर्ने बताए ।क्लबका सल्लाहकार नारायणप्रसाद भण्डारीले कार्यविभाजन गरेर अगाडि बढ्न सुझाव दिए ।
साे अवसरमा ढिकुरपोखरी युवा संजालका अध्यक्ष सुशील भट्टचन, संजालका महासचिव दिलबहादुर जिसी, पत्रकार श्रीभद्र पौडेल, स्थानीय आवाज आमा समूहकी अध्यक्ष मेनुका भण्डारी, क्लव अध्यक्ष वीरेन्द्र गुरुङ, सचिव रमेशराज भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए । मेलाको प्रमुख आकर्षणका रुपमा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुदैछ।त्यस्तै रक्तदान, छेलो हान्ने, रस्साकस्सी तथा राष्ट्रिय साथै स्थानीय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी पनि भएको क्लबका सचिव भण्डारीले जानकारी दिए।

फुटवलतर्फ प्रथम हुने समूहले ८१ हजार १ सय ११ रुपैयाँ, द्वितीय समूहले ४१ हजार १ सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।जसमा कूल ३५–४० समूहको सहभागिता रहने अनुमान गरिएको छ।त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ठ खेलाडी, अनुशासित समूह उदयमान खेलाडी, उत्कृष्ठ गोलरक्षक, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर, उत्कृष्ठ फर्वाडरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

यतिवेला पत्राचार, सहयोगका लागि आवहान, मैदान संरक्षण लगायतका कार्य भइरहेको क्लबले जनाएको छ।क्लबका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम क्लब सचिव रमेशरनज भण्डारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width