बस टिकट काट्न सर्वसाधारणलाई सास्ती

एजेन्सी
असाेज ६, २०७६
kathmandu-nepal-12th-sep-2017-a-woman-sits-while-queuing-in-front-K6D42R

काठमाण्डौ, ६ असोज । राजधानी काठमाण्डौबाट दशैंमा घर जाने बस टिकट हात पार्न यात्रुलाई प्रत्येक वर्ष कठिन हुने गर्छ, बसको टिकट लिन उज्यालो नहुँदै बस काउण्टरमा लामवद्ध हुनु पर्ने क्रम भने आझै रोकिएको छैन ।

लामो दूरीको सवारीका लागि दशैंका अग्रिम टिकटको व्यवस्था गर्न व्यवसायी संस्थाले सुरु गरेका छन् । कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, लगायतका टिकट काउण्टरमा आइतवारदेखि अग्रीम वुकिङ सुरु भएको छ ।

अग्रीम बुकिङका शुरुका दिनमना पनि घण्टौ लाइनमा बस्नु पर्ने, बिरामी ,अशक्त, अपांगता भएका र ज्येष्ठ नागरिलाई छुट्टै लाइनको व्यवस्था नहुनुले सर्वसाधारणले असुन्तुष्टि व्यक्त गरेका छन् । बुढाबुढी मान्छे पनि घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छ, ।

टिकट काउन्टरहरुको अनुगमन गर्न बसपार्क पुगेका उपभोक्ता अधिकारवादी माधव तिमिल्सिना काउन्टरको व्यवस्थापन राम्रोसँग नगर्दा लाइनमा वसेका व्यक्तिले दुःख पाएको बताउँछन् । उनले एकै जनाले ४० वटासम्म टिकट काटेको पनि भेटिएका बताए । एकैजनालाई मनलाग्दी तवरले टिकट दिँदा कालोबजारी हुन सक्ने उनको आशंका छ ।

बसपार्कमा टिकट काट्दा धेरैजसो काउन्टरले बस नम्बर र सिट नम्बर खुलाएका छैनन् । बस चढ्ने र झर्ने स्थान पनि नुखाउँदा यात्रुमाथि अन्याय परेका छन् । बस नम्बर नखुलाउँदा यात्रु टिकट काटेर पनि आश्वस्त हुन सकेका छैनन् । लामो दूरीको यात्रामा राम्रो बस र सिट नपरे धेरै समस्या भोग्नुपर्ने हुन्छ ।अग्रिम टिकट बुकिङ गर्दा व्यवसायीले विद्यार्थीलाई दिनुपर्ने छुट पनि दिएका छैनन् । छुट माग्दा ‘सरकारसँग माग्नू’ भन्ने जवाफ फर्काएको बताउँछन् महेन्द्रनगरका लागि टिकट काटेका विद्यार्थी रोहन मुस्तफा ।

‘विद्यार्थीको कार्ड देखाउँदा पनि दिएनन् दशैंमा छुट मागेर कहाँ पाइन्छ ? भने,’ उनले भने,’अधिकार हो नि भन्दा सरकारसँग माग्नू भनेर झगडा गर्न खोजे, पुरै पैसा तिरेर टिकट काटियो ।’उपभोक्ता अधिकारवादी रामबहादुर थापा कतिपय कम्पनीले डिलक्स बसका नाममा ५० प्रतिशत बढीसम्म भाडादर लिएर टिकट काटिरहेको बताउँछन् । डिलक्स, सुपर डिलक्स एसी बस हो भन्दै यात्रुलाई बाध्य पारेर चर्को भाडा उठाइनु जायज नभएको उनको भनाइ छ ।

‘टिकटमा बस नम्बर पनि छैन, डिलक्स बस हो भनेरै ५० प्रतिशतसम्म बढी भाडा असुलिँदैछ, कुरा उठाउनेलाई त्यसो भए टिकट नलिई फर्किनुस् भनेर जवाफ दिइँदैछ,’ उनले भने,’यति लामो लाइन बसेर टिकट काट्न काउन्टरमा पगेकालाई झन निरीह बनाएर ठगिँदैछ ।’

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width