युवा बौद्ध संघको २४ औ साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
c (2)

पोखरा, ५ असोज । युवा बौद्ध संघ नदीपुर पोखराले आफ्नो २४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि दायक सभाका अध्यक्ष गोविन्द ताम्राकारले सामाजिक कार्यमा युवा बौद्ध संघले पु¥याएको योगदानको प्रशंसा गर्दे आगामी दिनमा अझ सकृय भएर समाज सेवामा लाग्न सुझाब दिएका थिए ।

संघले हरेक वर्ष गर्दै आइरहेको बालबालिकाको क्षमता अभिबृद्धि तालिम,निःशुल्क स्वास्थ्य शिविर,रक्त्तदान,आखाँ शिविर,समर क्याम्प लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिने अध्यक्ष सुदीप प्रधानांगले बताए ।

भिक्षु धज्जवंतो र श्रावनेर धम्मरत्नले धर्मदेशना प्रस्तुत गरेका सो कार्यक्रममा ज्ञानमाला संघको अध्यक्ष बिक्रम उदास लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

धर्मशीला बौद्ध बिहार नदिपुरमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तन्य सह सचिव सुमन शाक्य र कार्यक्रम संचालन संघका सचिव कमला थापाले गरेकी थिइन ।

Related News

सम्बन्धित समाचार

hero news full width