बाढीले बगाउँदा दुई बालिका बेपत्ता,४८ काे उद्धार

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
p 6

म्याग्दी, ५ असोज । वर्षासंगै म्याग्दीको कोटखोलामा शनिवार राति आएको बाढीले बगाएर म्याग्दीमा २ बालिका बेपत्ता भएका छन् भने त्यहाँ वसोवास गर्ने ४८ परिवार सदस्य, विद्यार्थी र शिक्षकलाई प्रहरीले राति नै उद्धार गरेको छ ।

शनिवार राति ११.१५ वजे म्याग्दी जिल्ला बेनी नगरपालिका–२ बगरफाँट स्थित कोटखोलामा आएको वाढी वस्तीमा पस्दा बगरफाँट निवासी १० वर्षीया प्रबीना परियार र ६ वर्षीया अनुस्का परियारलाई बाढीले वगाएर वेपत्ता पारेको हो । उनीहरुको खोजी कार्य भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रवक्ता ध्रुवप्रसाद शर्माले दिए । उनीहरुलाई खोलाले बगाएके वा पुरेको हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्रता दिएका छौ, शर्माले भने ।

बगरफाँटमा अम्बिका श्रेष्ठको जग्गा भाडामा लिएर पार्वती परियार, अनिता परियार लगायत नौ परिवार वस्दै आएको थियो । सोही स्थानमा बुद्ध एकेडेमी वोडिङ समेत संचालित थियो । प्रहरी प्रवक्ता शर्माका अनुसार राति ११.१५ वजे कोटखोलामा आएको वाढी बस्तीमा पसेको सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरी वीट मंगलघाटका प्रहरी टोली उद्धारका लागि त्यहाँ पुगेको थियो भने जिल्लाबाट समेत प्रहरी टोली उद्धारमा पढाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रवक्ता धु्रवप्रसाद शर्माका अनुसार राति नै बगरफाँटका नौ परिवारका केही सदस्य भागेर ज्यान जोगाएका थिए भने केहीलाई उद्धार गरिएको थियो । ती घरका ३१ जना सदस्य, बुद्ध एकेडेमी वोडिङका् हेस्टेलमा वस्दै आएका १२ विद्यार्थी र ५ शिक्षकलाई गरी ४८ जनाको उद्धार गरिएको छ । स्थानीयका अनुसार वेपत्ता हुनेमा  २ वालिमा मात्र भएको एकीन भएको छ अरु सवै सम्पर्कमा छन् । उद्धार गरिएका ती परिवार सदस्यलाई छिमेकीको घरमा शरण लिएर वसेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र रेडक्रसको सहयोगमा उनीहरुलाई अस्थाई वासको व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी प्रवक्ता शर्माले दिएका छन् ।

खोलाले डाइभर्सन गरी वस्तीमा रहेका सामान र वोडिङको सुरक्षा गर्ने काम गरिरहेका छौ, शर्माले भने–वाढीवाट करिव एक करोड वरावरको क्षति पुरगको छ ।

वर्षासंगै आएको बाढीले बगरफाटँमा रहेको बुद्ध एकेडेमी बोर्डिङ स्कुलसंगै स्थानीय रेशम जुग्जाली ,अनिता परियार र पार्वती परियारको घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ, भने सुकुम्बासी रश्मी परियार ,माया परियार र सेते किसानको घरमा आंशिक क्षति पु¥याएको छ । बाढीले विद्यालय पुरिँदा करिब एक करोड बराबरको भौतिक क्षति भएको प्रहरी प्रवक्ता ध्रुवसागर शर्माले बताए ।स्थानीय बाढी पीडित रश्मी दमाइले सुतिरहेको अवस्थामा राती अचनाक बाढी आएपछि हामी भागेर बाच्न सफल भयौं वताइन् ।
साधन राम्जाली

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width