युआरएल सहयोगमा टीजी र मधुमेह जाँच

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
url_Fotor

नवरत्न बचत तथा ऋण सहकारीले शनिबार पुतलीबजार–१ प्रगति नगरमा निःशुल्क शिविर आयोजना गरेको छ। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा भएको शिविरमा ५ सय ३२ को सित्तैमा जाँच गरिएको छ। उनीहरुको मधुमेह तथा रगतमा हुने खराब बोसो (टीजी) सम्बन्धी रक्तजाँच गरिएको हो।

कार्यक्रममा सांसद नारायणप्रसाद मरासिनीले स्वास्थ नागरिक नै समृद्धिको आधार भएको बताए।

जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष सीता सुन्दासले नागरिकलाई आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गर्नु सहकारको दायित्व भएको औंल्याइन्।

पुतलीबजारका मेयर सीमाकुमारी क्षेत्रीले दक्ष जनशक्ति र आधुनिक उपकरण नहुँदा उपचार प्रभावकारी नहुने भएकाले सर्वसाधारणले उपचार गर्दा यसलाई ख्याल गर्नुपर्ने औंल्याइन्।

कार्यक्रममा डा वसन्त पंगेनीले स्वस्थ जीवनका लागि आवश्यक जीवनशैली, रोग लागिसकेपछिको उपचार र खानपानबारे प्रकाश पारेका थिए। रोग लाग्नै नदिन पूर्वसावधानी अपनाउन र लागिसकेपछि उचित उपचार गर्न उनले आग्रह गरे। टीजी, मधुमेह, थाइराइड जस्ता समस्यालाई बेलैमा उपचार नगरे पछि अनेक समस्या यसकै कारणबाट उत्पन्न हुने बताए।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले शिविरमा अन्य सबै प्रकारका जाँचमा पनि ५० प्रतिशत छुट दिएको थियो। सहकारीका सदस्यलाई युआरएलले अब सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ।

युआरएलका प्रबन्ध निर्देश ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्व बोध गर्दै विभिन्न जिल्लामा शिविर, चेतनासहितका कार्यक्रम गदैर्आएको बताए। उनले स्वास्थ्य क्षेत्र व्यवसायमात्र नभएर सेवाको क्षेत्र भएकाले संस्थाले शिविर, सचेतनासँगै सर्वसाधारणलाई सचेत बनाउन स्थापना कालदेखि नै अभियान चलाएको बताए। युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो ७५ औं शिविर हो।

सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ स्याङ्जा अध्यक्ष ओमप्रकाश शर्मा, जिल्ला सहकारी संघ स्याङ्जा अध्यक्ष लक्ष्मीपति पौडेल, सहकारीका समन्वयकर्ता वेदप्रसाद दोरंगा, उपाध्यक्ष अमृतप्रसाद श्रेष्ठ लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width