‘करमा एकद्वार प्रणाली आवश्यक’

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
mahila chamber news_Fotor

सनराइज बैंक लिमिटेडको आयोजना तथा पोखरा महिला चेम्बर अफ कमर्स कास्कीको समन्वयमा आधारभूत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले महिला व्यवसायीले लेखा र लेखाको विषयमा अनिवार्य रुपमा जान्नु पर्ने बताइन्। महिलाले घर, परिवार र समाजमा गरेका कामको गणना हुन नसकेको उल्लेख गर्दै उनले महिला सीपमुलक तालिम लिएर आय आर्जनमा जुट्नु पर्ने धारणा राखिन्।

बैंकका चीफ म्यानेजर हरिप्रसाद आचार्यले सरस्वती, लक्ष्मी र दुर्गा जस्तै महिला ज्ञान, अर्थ र शक्तिको श्रोत भएको बताए। ट्रयाक्टर चढेर काठमाडौ जान नसकिए जस्तै व्यवसायीलाई प्राविधिक ज्ञान आवश्यक भएको चर्चा गर्दै उनले महिलाले व्यवसाय गर्दा अनुदान र राजश्वमा छुट रहेको धारणा राखे।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले करको दर भन्दा पनि दायरा बढाउनु पर्ने सुझाव दिए। उनले एकद्वार प्रणालीबाट कर तिर्ने व्यवस्था हुनु पर्ने बताए।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले बैंकसँग वित्तिय साक्षरता, कर तथा लेखाको अभिमुखीकरण गर्ने सहमति भएको जानकारी दिए। कार्यक्रममा चार्टर्ड एकाउण्टेण्ट निश्चल ढकालले कर र लेखा सम्बन्धमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा पोखरा महिला चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष गिता तिवारी गौतम, बैंकको गण्डकी प्रदेशका प्रमुख रविन्द्र केसीलगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै