कपडा व्यवसायीद्वारा शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
Kapada – Pic_Fotor

कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभूत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रलाई शैक्षिक सामग्री प्रदान गरेको छ।

संविधान दिवसको अवसरमा उक्त सामग्री प्रदान गरिएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए।

कार्यक्रममा बोल्दै वडा सदस्य गेसबहादुर गुरुङ्ले वडाको शैक्षिक विकासकाखातिर व्यावसायीले शैक्षिक सामग्री प्रदान गरी उल्लेखनीय कार्य गरेको बताए।

ग्रामिण भेगमा रहेका विद्यालयमा विद्यार्थी जोगाउनु र शैक्षिक गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण रहेको बताउँदै उनले यसतर्फ सचेत रहन शिक्षासँग सरोकारवालालाई आग्रहसमेत गरे। कार्यक्रममा बोल्दै कपडा व्यवसायी एशोसियसनका पूर्व अध्यक्ष जनकराज पराजुली, पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य रामेश्वर अधिकारीले व्यवसायीको सामाजिक उत्तरदायित्व अन्तरगत आयस्तर निम्न भएका गरीब तथा जेहन्दार विद्यार्थीको पठनपाठन सहयोगार्थ शैक्षिक सामग्रीहप्रदान गरिएको बताए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङ्ले विद्यालयको शैक्षिक विकासमा अभिभावकको चासो आवश्यक रहेकामा जोड दिए।

एशोसियसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लेखनाथ पौडेलले स्वागत र सञ्चालन महासचिव धर्ममानसिंह भण्डारीले गरेका थिए। उक्त अवसरमा बालबालिकाले नृत्यसमेत प्रस्तुत गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width