पोखरा । पोखरामा नेपाल आइटीएफ सिनियर्स वल्र्ड ¥याङ्किङ जी–४ टेनिस च्याम्पियनसीप शुरु भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शनिबारबाट शुरु भएको च्याम्पियनसीपमा नेपाल, भारतलगायत तेश्रो मुलुकका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।
प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथिका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितालाई एनआइसी एसिया बैंंकले मुख्य प्रायोजन गरेको छ । शनिबार भएको खेलमा ५५ वर्ष माथिको स्पर्धामा कमल थापा र अनिल तुलाचन बिजयी बनेका छन् । ३५ वर्ष भन्दाकोमाथिको खेलमा बिकास गुरुङ बिजयी बने ।
नेपाली सिनियर्स खेलाडी कमल थापाले भारतीय खेलाडी एसएन बशिष्ठलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाए । अनिल तुलाचनले अर्का नेपाली खेलाडी करिमुल्ला मुस्लिममाथि ६–०, ४–६ र ६–० को सेटमा जित निकाले ।
३५ बर्ष भन्दा माथिको खेलमा नेपाली खेलाडी बिकास गुरुङ बिजयी बने । नेपाली खेलाडी अशोक गुरुङ खेलको दोश्रो सेटमा रिटायर्ड हर्ट हुँदै मैदान छोडे । यस खेलमा बिकासले ६–२ र ३–१ को सेटले लिड गरेका थिए ।
४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ को सोझो सेटमै हराए । त्यसैगरी, अर्को खेलमा उत्तम बोगटीलाई पोखरेली खेलाडी बिकास गुरुङले ६–३, ६–१ को सेटमा पराजित गरे । ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सन्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङमाथि ६–३ र ६–० को सोझो सेटमा जित निकाले ।
साझेदारीमा राम्रो प्रतिफल : कोइराला
यसअघि, गण्डकी प्रदेश सांसद एवं अर्थ तथा बिकास समितिका सभापती दिपक कोइरालाले प्रतियोगिताको उद्घाटन गर्दैे सरकार र नागरिकबीचको साझेदारीमा भएको कामले प्रतिफल दिने उल्लेख गरे ।
कोइरालाले थपे, ‘पोखरा रंगशालामा बनेको टेनिस कोर्टको निर्माणमा सरकार र नागरिकबीचको लगानीमा कसरी काम गर्न सकिन्छ भन्ने उदाहरण पोखरा रंगशालाको टेनिस कोर्टलाई हेरे हुन्छ । खेलकुदमार्फत समेत पर्यटन भित्राउन अहं भूमिका खेल्दछ ।’
पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापा, संघका उपाध्यक्ष नारायण पाहारी, सचिब नबिन चालिसे भारतीय खेलाडी एसएन बशिष्ठलगायतले पोखरामा आइटीएफको सिनियर्स तर्फको खेल शुरु हुनुले खेलकुद बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
Related News
सम्बन्धित समाचार
आहारारा सफल पार्न संघसंस्थासँग छलफल
बगर भाइखलकको भेट्रान्स फुटबलमा ३९ टिम
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
टाइगर कपको अन्तिम तयारी
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१