प्रदेशमा पनि संविधान दिवसको तामझाम

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६
sambidhan diwas butwal

बुटवल ३ असोज । प्रदेश न ५ को अस्थायी राजधानी बुटवलमा विभिन्न कार्यक्रम गरी संबिधान दिवस मनाइएको छ । संबिधान दिवसलाई मध्यनजर गर्दै दुई दिन अगाडिदेखिनै बुटवलको मुख्य चोक तथा सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराइएको छ ।

संबिधान दिवसको अवसरमा बुटवलको राजमार्ग चौराहादेखि बिभिन्न जातजातिका भेषभुषा तथा संस्कृतिका झाक्री सहितको र्र्याली प्रदर्शन गरिएको थियो । र्र्यालीमा ९६ समुह सहभागी भएका थिए । सोही समारोहमा पहिलो पटक प्रदेश सरकारले विभिन्न पदक वितरण गरेको हो । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पदक घोषणा गरेको थियो । सरकारका प्रवक्ता, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विभिन्न पदकका सम्बन्धमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेस गरेको पदक सीफारिस प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत गरी वितरण गरिएको हो ।

सकारले प्रदेश स्थापना दिवसमा ११ थरी पदक प्रदान गरेको हो । प्रदेश सरकारले प्रदान गरेका पदकहरूमा बुद्ध शान्ति पदक, प्रदेश प्रमुख जनसेवा पदक, मुख्यमन्त्री प्रज्ज्वल दीप, प्रदेश सेवा समर्पण, उजिरसिंह दीप, समाजसेवा श्री, प्रदेश रत्न, पुथाश्री, प्रदेश प्रज्ञा, प्रजापति गौतमी, दंगिशरण–बलीहाङ रहेका छन् । बुद्ध शान्ति पदक भने विदेशी नागरिकलाई प्रदान गरिएको छ । त्यसरी वितरण गरिएका पदकहरुमध्ये कतिपय मरणोपरान्तसमेत दिईएको छ । पदकहरु प्रदेश प्रमुख उमाकान्त झाले वितरण गरेका हुन् ।

सोही समारोहलाई संबोधन गर्दै मुख्यमन्त्री पोखरेलले संबिधानमा सबैका आकांक्षालाई समेटन नसकिए पनि अधिकार सम्पन्नताका हिसावले संबिधानसभाबाट जारी भएको नेपालको संबिधान बिश्वमै उत्कृष्ठ रहेको दाबी गरे ।

संबिधानसभाबाट संबिधान जारी भएपछि मुलुक तीव्र विकासको गतिबाट अगाडि बढेको बताउदै उनले मुलुकको कूल ग्राहस्त उत्पादन बृद्धि त्यसको उदाहरण भएको प्रष्ट पारे । संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसलाई ब्यवहारमा लागू गर्न राज्यलाई बलियो बनाउँनु पर्नेमा जोड दिए ।

बजेट कार्यान्वयन,कानून निर्माण,आर्थिक बृद्धिदर कायम गर्ने,राजश्व संकलन लगायतमा अन्य प्रदेशको तुलनामा प्रदेश ५ अग्रस्थानमा रहन सफल भएको बताउदै उनले दोहोरो अंकको बिकास लक्ष हाशील गर्ने कार्यमा पनि प्रदेश नं ५ लाई अग्रणि स्थानमा पु¥याउने लक्षकासाथ प्रदेश सरकार अगाडि बढेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै