क्रान्तिकारी माओवादीले यसरी जलायो कावासोतीमा नेपालको संविधान

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६
krantikari mp photo

नवलपरासी ३ असोज । नेकपा क्रान्तिकारी माओवादी नवलपुरले शुक्रबार नेपालको संविधान जलाएका छन् ।

अहिले बनेको संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको र जनताको पूर्ण अधिकार सहितको संविधान बन्नु पर्ने माग गर्दै क्रान्तिकारी माओवादीले संविधान दिवसका दिन हरेक बर्ष संविधान जलाउँदै आएको छ ।

सोही क्रममा शुक्रबार नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाको नेतृत्वमा रहेको टोलीले नेपालको संविधान जलाएका हुन् ।
उनीहरुले फलफूल चोकमा नेपालको संविधान जलाएर केही बेर नाराबाजी पनि गरेका थिए । नेकपा क्रान्तिकारी माओवादीले देश भर शुक्रबार नेपालको संविधान जलाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width