एनसेलको नयाँ योजना

एजेन्सी
असाेज ३, २०७६
Ncell_Main Logo (1)_Fotor

एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने भएका छन्।

एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो।

जसअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने जनाइएको छ।

असोज १ गतेदेखि लागु हुने गरेर योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लान ल्याएको जनाइएको छ।

यी प्लान अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्ने जनाइएको छ।

उक्त योजनाको प्रमुख विषेशता प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताका लागि विषेश रूपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्ने जनाइएको छ।

ग्राकहले कर सहित रु २५४.१० मा १ जिबी डेटा भोल्युम र करसहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्ने भएका छन्।

यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ मा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजा लिन सक्नेछन्।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन्। यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसीमा अगाडिनै सकिएमा ग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन्।

आफ्नो आवश्यकता अनुसार ग्राहकले पाँच मध्ये कुनै पनि एक प्लान लिन सक्नेछन्। यस योजना अन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन्।

ग्राहकले रु ६३७.१७ मा प्लान ४९९ लिन सक्छन्। यो प्लानमा मात्र रु १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक रु १९१.५४ मा खरिद गर्न सक्नेछन्। त्यस्तै प्लान ७९९ अन्तर्गत रु १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिन्छ। यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र रु ३८३.०७ मा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन्।

मासिक रूपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लाथि एनसेलले प्लान ९९९ पनि ल्याएको छ। यस अन्तर्गत ग्राहकले मात्र रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्। उतm प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र रु ५१०.७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन्।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँच मध्य कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र रु ०.६४ मा एनसेल नेटवर्क भित्र एसएमएस पठाउँन सक्नेछन्। त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ।

ग्राहकले *३०२# डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन्। यस योजनामा समावेश गरिएका थप डेटा प्याकहरु खरिद गर्न ग्राहकले *१७१२३# डायल गरी प्लान अनुसारको डेटा लिन सक्नेछन्।

आफ्ना ग्राहकका लागि ग्राहककै आवश्यकता अनुसारको डेटा, भ्वाइस र एसएमएस बण्डलिङ्ग सहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ। एनसेलले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम मेरो प्लान ल्याइएको सेवा प्रदायक कम्पनीको दावी रहेको छ।

यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नविकरण हुनेछ। प्लान नविकरण हुनको लागि ग्राहक मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु पर्दछ। मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट कर सहित रु २.५४ र एसएमएस सेवा करसहित प्रति एसएमएस रु १.२८ मा प्रयोग गर्न सक्नेछन्। यो योजना लागु भएको दिन देखि ३ महिनाको लागि मान्य हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width