फोहोर छुट्याउने बाल्टिन वितरण

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६
ward 10_Fotor

वेष्ट मेनेजमेन्ट रिसाईकलिङ्ग प्रालिको सहयोगमा पोखरा १० का टोलटोलका सबै घरघरमा फोहरलाई मोहरमा परिवर्तन गर्न घरघरमा निस्किने बिक्री हुने फोहर छुट्टाउने हरियो रंगको बाल्टिन वितरण गरिएको छ।

वडा सदस्य दीपकबहादुर थापाले अन्नपूर्ण मार्ग (ख) टोल विकास संस्था, भद्रकाली दिदी बहिनी समूह, स्वर्णीम टोल विकास संस्था र स्वर्णीम टोल आमा समूहका अध्यक्षलाई फोहर छुट्टाउने बाल्टिन हस्तान्तरण गरेका हुन्।

उनले वडाले फोहरलाई घरघरबाटै न्यून गराउने लक्ष्य अनुसार प्रालिको सहयोगमा बाल्टिन वितरण गरिएको बताए।

पोखरा महानगरपालिका सरसफाइ महाशाखा र वडा समिति कार्यालयमा वडा १० को सहयोग, नेपाल रेडक्रस सोसाइटी लैङ्गिक समावेशीकरण तथा सामाजिक उपसमिति पोखरा १० को व्यवस्थापनमा सो कार्यक्रम भएको हो।

कार्यक्रममा वडा सदस्य नीशा मल्ल ठकुरी, पोखरा महानगरपालिका सरसफाइ महाशाखा शाखा प्रमुख कल्पना बराल, वेष्ट मेनेजमेन्ट रिसाईकलिङ्ग प्रालि पोखराका संचालक विष्णुप्रसाद अधिकारी शर्मा, भद्रकाली दिदी बहिनी समूह अध्यक्ष अन्जना बराल घिमिरे, स्वर्णीम टोल विकास संस्थाका अध्यक्ष दिलीप श्रेष्ठ, नांगिन टोल विकास संस्थाका अध्यक्ष धनमाया गुरुङ्ग, जनप्रिय टोलका अध्यक्ष पवित्रादेवी गुरुङ्ग लगायतले विचार व्यक्त गरेका थिए।

वडा १० का वडा सदस्य एवं सरसफाइ अभियन्ता सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका उपसभापति जीवन श्रेष्ठले स्वागत र प्रालिका फिल्ड इञ्चार्ज प्रकाश पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width