सञ्चय कोषको ५८ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६
Sanchaye Kosh_Fotor

कर्मचारी सञ्चय कोष शाखा कार्यालय पोखराले हालै ५८ औं वार्षिकोत्सव मनाएको छ।

गण्डकी प्रदेशका मुख्य सचिव हरिप्रसाल बस्यालले वार्षिकोत्सव उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीहरुले जीवनभरी मेहनत गरेर कमाएको रकमको सही स्थानमा सञ्चय गर्न सकौं भन्ने चाहना अनुसार कोषले काम गर्नुपर्ने बताए। ‘कोषमा आफ्नो रकम असुरक्षित छ कि भन्ने भावना मनमा आउन दिनु हुँदैन, ’ उनले भने।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीले समय र प्रविधिसँगै कार्य प्रणाली परिवर्तन गर्न सुझाव दिँदै मुलुक संघीयतामा गइसकेकाले सोही अनुरुप कोषले नागरिकलाई सुविधा दिनुपर्ने बताए।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, कर्मचारी युनियन कास्कीका सचिव तथा नापि कार्यालय पोखराका प्रमुख खिमलाल गौतम, कामु उपप्रबन्धक रामप्रसाद अधिकारी लगायतले भनाइ राखेका थिए।

वार्षिकोत्सव अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कर्मचारीलाई पुरस्कृत गरिएको थियो। सञ्चय कोष पोखराका प्रमुख दिलीपराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्रबन्धक पारसमणि भण्डारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width