आर्वामा जेष्ठ नागरिक कल्याणकारी संस्था गठन

आदर्श समाज सम्वाददाता
असाेज १, २०७६
50504699_802787800074277_635478344594358272_n

पोखरा१ असोज ।पोखरा–१३आर्वाकाबृद्धबृद्धाहरूको एक भेलाले जेष्ठ नागरिक कल्याणकारी संस्था गठन गरेका छ ।

गाउँमा सम्पन्न बृहत्त बृद्धबृद्धाहरूको भेलाले कृष्णप्रसाद बरालको अध्यक्षतामा नौ सदस्य समिति गठन गरेका हो । संस्थाको उपाध्यक्षमा ढुण्डीराज बराल, सचिव रुद्रनाथ बराल र कोषाध्यक्षमा कृष्णप्रसाद सिग्देल चयन भएका छन् ।

सदस्यहरूमा देवीप्रसाद बराल, दामोदर बराल, हर्कबहादुर परियार, गंगादेवी बराल (क), गंगादेवी बराल (ख) रहेका छन् ।उक्त भेलाले पोखरा १३ आर्वामा छरिएर रहेका बृद्धबृद्धाहरूलाई एकैठाउँमा गोलवन्दगरी उनीहरुको हक–अधिकार संरक्षण गर्ने उद्देश्यले एक्यवद्धता हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width