शिक्षक सीप विकासको पाँचौं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १, २०७६
teacher photo

पोखरा, १ असोज । राष्ट्रिय शिक्षक सीप विकास (एन्फोस्र्ड) फाउण्डेशन कास्कीको पाँचौ साधारण सभा आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिवशक्ति क्याम्पस पोखरा– ११ का व्यवस्थापन समिति अध्यक्ष दामोदर वास्तोलाले उद्घाटन गरेका हुन् । आमन्त्रित विशिष्ठ अतिथि शिवशक्ति क्याम्पसका क्याम्पस प्रमुख दीपक वास्तोलाले असल शिक्षक उत्पादन गर्ने आफ्नो उद्देश्यमा फाउण्डेशनको सहकार्यले टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पाँच दिवसीय शिक्षक तालिम तथा कार्यशाला गोष्ठीगरी आगामी २ वर्षसम्म पढाईने अन्तराष्ट्रिय स्तरको पाठ्यक्रमको निर्माण गर्न कार्तिक २– ६ गतेसम्म मातहतका विद्यालयका शिक्षकहरु, टिआईपी कार्यक्रममा सहभागी प्राचार्यहरु, शिवशक्ति क्याम्पसमा विएड. कार्यक्रममा अध्ययन गर्ने विद्यार्थी समेत सम्मिलित गराइने वताइएको छ ।

संस्थाका सचिव प्रेमबहादुर कुँवरले पेश गरेको वार्षिक कार्य प्रगतिप्रतिवेदन माथि छलफल गरी थप कार्यक्रम सहित पास गरिएको तथा कोषाध्यक्ष शोभा मिश्र अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन ।

साधारण सभामा आगामी दिनमा वि.एड. कार्यक्रममा आकर्षण वढाउन र शिक्षण पेशामा वौद्धिक विद्यार्थीलाई ल्याउन विभिन्न कार्यक्रम समेत गर्नुपर्ने विषयमा छलफल भएको वताईन्छ ।

संस्थामा हाल ७ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरु तथा प्रत्येक विद्यालयका स्याटेलाइट विद्यालयका शिक्षकहरुले विभिन्न समयमा अन्तराष्ट्रिय स्तरको तालिम प्राप्त गर्दै आएका छन् ।

संस्थाका अध्यक्ष विश्वराज वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य र संचालन सचिव प्रेमबहादुर कुँवरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width