भरत कोइरालालाई आर्थिक पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज १, २०७६
journalist-bharat-koirala-pokhara

पोखरा, १ असोज । पोखरा उद्योग वाणिज्य संघले युवा पत्रकार भरत कोइरालालाई आर्थिक पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित गर्ने भएको छ ।

संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार योग्य प्रतिभा चयन उपसमितिले मंगलबार कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सो समितिका सदस्यहरुमा संघका पूर्वउपाध्यक्ष ईश्वर कर्माचार्य, पूर्वकोषाध्यक्ष दिलिपराज श्रेष्ठ,नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार रमेश पौडेल र पोउवा संघका कार्यसमिति सदस्य हरिराज पन्त सदस्य रहेका थिए ।

कोइरालाले पत्रकारिताको माध्यमबाट समग्र पोखराको आर्थिक विकासमा पु¥याएको योगदानको कदरगर्दै उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । संघले आफ्नो ६५ औँ अधिवेशनको अवसरमा आउँदो असोज ४ गते सम्मान गर्ने संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width