पोखरा, ३१ भदौ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत माछापुच्छ्रे गाउँपालिका वडा नंं . २ मा क्रियाशील सदस्य वितरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा माछापुच्छ«े गाउँपालिकामा जागरण अभियानको कार्यक्रम सञ्चालन गरिएको हो । भदौ २४ देखि शुरु भएको दोस्रो चरणको जागरण अभियान असोज ७ गते सम्म १५ दिन चल्ने छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जान नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पहिलो चरणको अभियानले पार्टीमा उत्साह थपेको बताउँदै पाटीलाई मजवुद बनाउँन दोस्रो चरणको अभियान कोषेढुंगा सावित हुने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति आइबहादुर गुरुङ, क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्मा, महासमिति सदस्य बाबुराम आचार्य, हरिमाया गुरुङ, महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार शेरचन, मन विक, तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, प्रदेश सभा क्षेत्र नं. ३(१) का सभापति कमलबहादुर गुरुङ, जिल्ला सदस्य आसबहादुर गुरुङ महिला नेत्री टेकनशोभा गुरुङ, माधव आचार्य, विपुल शर्माले बोलेका थिए ।
नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिका वडा नं. २ का कार्यवहाक सभापति पानबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गणेश आचार्यले स्वागत र सचिव छविलाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१