नेपाल मालिका परोपकारको अध्यक्षमा पुन

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
nepal_Fotor

नेपाल मालिका परोपकारको चौथो अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले पुनः अमर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

वरिष्ठ उपाध्यक्षमा आइत कुमारी गुरुङ्, उपाध्यक्षमा हिरा पराजुली, चन्द्रकला के.सी, नरमाया गुरुङ्, महासचिवमा जावन श्रीस, सचिवमा समिर पुन, उषा माता, कोषाध्यक्षमा लाल कुमारी बुढाथोकी, सहकोषध्यक्षमा तारा थापा, इन्द्र राई, छन्।

सदस्यमा कान्तिदेवी यादव, निरादेवी ढकाल, सन्देवी पुन, सतिमा छन्त्याल, सनदेवी थापा, छमकुमारी राना, बलबहादुर गुरुङ्, माया सुनार, जीवन तामाङ्, राधा तामाङ्, बसनदेवी छन्त्याल, जलदेवी पुन, टेकमाया घर्ती मगर, पदम राना, शान्ति राना, मुवा कुमारी थापा, मनमाया थापा, रमती पुन, रामजीत प्रसाद बानिया, खगदेव, सिसामति घर्ती र तीजा पाइजा चयन भएका छन्।

त्यस्तैगरी भजन समुहको अध्यक्षमा होमप्रसाद पौडेल, संरक्षकमा डा.लेखनाथ आचार्य, बरिष्ठ सल्लाकारमा शंकर खराल, सल्लाकारहरुमा नरबहादुर गुरुङ्, बुद्घिकुमारी गुरुङ्, पार्वता पौडेल र मनपति भण्डारी रहेका छन्। महिला सघंको अध्यक्षमा नरमाया गुरुङ् चयन भएकी छन्। कार्यक्रमका प्रमुख अतिथि केदारेश्वर मन्दिरका पिठाधीश डा. लेखनाथ आचार्यले संसारमा जति पनि भाषाहरु छन् त्यो भन्दा ४ गुना बढी संस्कृत शब्द रहेको बताए।

त्यस्तै उनले नेपालीको मूल भाषा भनेकै संस्कृत रहेकोले आफ्नो संस्कृति जोगाउनुपर्नेमा जोड दिए। धर्मको परिवर्तन भनेको आफ्नो स्वभावलाई छोड्नु रहेको पनि बताए। कार्यक्रममा वडा सदस्य रुद्र सुवेदीले आफ्नो ठाउबाट सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे। विश्व हिन्दु महासघंका अध्यक्ष पार्वता पौडेलले जसरी पनि हामी एकजुट भइ हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिइन्। नेपाल मालिका परोपकारका अध्यक्ष अमर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नरबहादुर गुरुङ् र संचालन संस्थाका महासचिव जावन श्रीसले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width