पूर्वाधारको काम रोकिनु हुँदैन : मन्त्री विश्वकर्मा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
jagat bahadur bishwokarma

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बजेटकै कारण पूर्वाधार निर्माणको काम रोकिन नहुने प्रतिक्रिया दिएका छन्। पूर्वाधारको काममा निकै प्रगति आएको मन्त्री विश्वकर्माको प्रतिक्रिया थियो। साग आयोजनामा कुनै समस्या नरहने कुरामा विश्वस्त दिलाए।

आइतबार पोखरा रंगशालाको निरीक्षणपछि खेलकूद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री विश्वकर्माले प्रतिक्रिया दिए, ‘सागको आयोजनास्थल पोखरासमेत रहेकाले यहाँ पनि खेलकूदमा लागेका अनुभवी व्यक्ति र खेल संघका पदाधिकारीहरुलाई समावेश गरेर स्थानीय व्यवस्थापन सहजीकरण समिति गठन गरिनेछ। ’

मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको उल्लेख गरे। आगामी मंसीरको १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल संघहरु प्रतियोगिता भव्य बनाउन लागिपरेको मन्त्री विश्वकर्माले उल्लेख गरे।

भदौको २६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले साग सञ्चालन व्यवस्थापन कार्यविधि मस्यौदा पारित गरिसकेको मन्त्री विश्वकर्माको जिकिर थियो। उनले भने, ‘आगामी असोजको १० गतेभित्रमा खेलकूदमन्त्रीको अध्यक्षतामा रहेको आयोजक समितिको बैठक बसेर कार्यविधिअनुसार सबै समिति गठन गरी पूर्ण क्षमतामा काम अघि बढाइनेछ। ’

मन्त्री विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिने दावी गरे। उहाँले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने बताउनुभयो।

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकूद ऐन छलफलमा रहेको जानकारी दिए। मन्त्री विश्वकर्माले भने, ‘चालु अधिवेशनबाट खेलकूद ऐन पारित भएको खण्डमा ऐनको व्यवस्थाअनुसार गर्दछौँ, पारित नहुने परिस्थिति आएमा लामो समय जिल्लाहरु रिक्त रहन दिँदैनौँ। ’

खेलकूद ऐन आएलगत्तै प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशमा संघीय संरचनाअनुसार खेलकूदको विकासका लागि प्रदेशस्तरीय संरचना बनाउन सक्ने भनाइ मन्त्री विश्वकर्माको छ।

राखेपका सदस्य राजेशकुमार गुरुङले सागको तयारीमा पोखरा जुटिसकेको बताए। उनले पोखरा फुटबल रंगशालाको निर्माण सामग्री फ्रान्स र कोलकत्ताबाट आउन शुरु भएको जानकारी दिए। मञ्चका अध्यक्ष एकराज गिरीले प्रचारप्रसारको माध्यमबाट सागलाई सफल बनाउन पोखरेली पत्रकारहरु तयार रहेको उल्लेख गरे।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width