प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गामा नयाँ शाखाको आरम्भ गरेको छ। शाखाको उद्घाटन आइतबार एक समारोह बिच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सि ले गरेका हुन। चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्सको काठमाण्डौंको तिनकुनेमा कपोर्रेट कार्यालय रहेको छ।
न्यूरोडमा मूख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउण्टर मार्फत् निरन्तर वित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईले बताए।
देशका सबै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहिको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए।
बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए।
शाखाको आरम्भ कार्यक्रममा पोखरा महानगर वडा नं ४ का अध्यक्ष शंकरप्रसाद वास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ज्यापु समाज यल ललितपुरका पूर्व अध्यक्ष कुललाल डंगोल, रामकाजी अवाले, पूर्व उपाध्यक्ष तीर्थलाल महर्जन, प्रोग्रेशिभ फाइनान्सका संचालक लक्ष्मी प्रसाद महर्जन सो अवसरमा उपस्थित थिए।
यसैगरी शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, सबिना महर्जन तथा अनिष महर्जन, फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारी लगायत पोखरा बैकिङ्ग क्षेत्रका प्रमुख, उद्योगी, ब्यापारी, संचारकर्मी र सर्वसाधारण व्यक्तिहरुको पनि उपस्थिति रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाइले बताए।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१