खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ – मन्त्री विश्वकर्मा

रासस
भाद्र २९, २०७६
KrishnaDawadi_Kaski_RSS_rangasala

पोखरा, २९ भदौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताए ।

खेलकूद पत्रकार मञ्च गण्डकीले आइतवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने बताए ।

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकूद ऐन छलफलमा रहेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भने “चालू अधिवेशनबाट खेलकूद ऐन पारित भएको खण्डमा ऐनको व्यवस्थाअनुसार गर्दछौँ, पारित नहुने परिस्थिति आएमा लामो समय जिल्लाहरु रिक्त रहन दिँदैनौँ ।” खेलकूद ऐन आएलगत्तै प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशमा सङ्घीय संरचनाअनुसार खेलकूदको विकासका लागि प्रदेशस्तरीय संरचना बनाउन सक्ने भनाइ मन्त्री विश्वकर्माको छ ।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल सङ्घहरु प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको उल्लेख गरे ।

यही भदौ २६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले साग सञ्चालन व्यवस्थापन कार्यविधि मस्यौदा पारित गरिसकेको बताउँदै उनले आगामी असोज १० गतेभित्रमा खेलकूदमन्त्रीको अध्यक्षतामा रहेको आयोजक समितिको बैठक बसेर कार्यविधिअनुसार सबै समिति गठन गरी पूर्ण क्षमतामा काम अघि बढाइने छ भने ।

सागको आयोजनास्थल पोखरासमेत रहेकाले यहाँ पनि खेलकूदमा लागेका अनुभवी व्यक्ति र खेल सङ्घका पदाधिकारीहरुलाई समावेश गरेर स्थानीय व्यवस्थापन सहजीकरण समिति गठन गरिने मन्त्री विश्वकर्माले बताए । राखेपका सदस्य राजेशकुमार गुरुङले सागको तयारीमा पोखरा जुटिसकेको बताउँदै पोखरा फुटबल रङ्गशालाको निर्माण सामग्री फ्रान्स र कोलकत्ताबाट आउन शुरु भएको जानकारी दिए । मञ्चका अध्यक्ष एकराज गिरीले प्रचारप्रसारको माध्यमबाट सागलाई सफल बनाउन पोखरेली पत्रकारहरु तयार रहेको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width