रुपन्देहीमा गोली चल्यो, १ को मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
goli kanda

बुटवल २९ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरक्षिक हृदय थापाले जानकारी दिए ।

कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए । उनको बायां कुममा गोली लागेको छ । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।

उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ । घटनास्थलमा ठुलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width