राधाकृष्ण वृद्धाश्रमको भवन उद्घाटन

व्यक्तिगतभन्दा समाजको स्वार्थमा लागौं : मन्त्री पुन

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
nar devi grg_Fotor

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले व्यक्तिगतभन्दा माथि उठेर समाजको स्वार्थमा लाग्नुपर्ने बताएकी छन्।

पोखरा ३२, राधाकृष्ण मन्दिर वृद्धाश्रममा रहेको नवनिर्मित दुईतलाको चारकोठे भवन शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन्। सो अवसरमा राधाकृष्ण वृद्धाश्रमको संस्थापक समिति र सहयोगीको स्मारक समेत मन्त्री पुनले अनावरण गरिन्।

उनले ज्येष्ठ नागरिकको जीवन दिनप्रतिदिन दयनीय हुँदै गएकोले छोराछोरीको उनीहरुप्रतिको मायाप्रेम कायम राख्नुपर्ने बताइन्। वृद्धवृद्धाका लागि प्रदेश सरकारले दिवा खाजाको व्यवस्था गरिसकेको जनाइन्। वृद्धाआश्रम जीवनको अन्तिम चरण रहेकोले यसको संरक्षणको दायित्व प्रदेश सरकारले लिएको र सडकमा रहेका मानव र आश्रममा रहेका वृद्धवृद्धाको रेखदेख गर्दै आश्रमलाई प्रदेशकै नमुना आश्रमको रुपमा विकास गर्नुपर्ने मन्त्री पुनले बताइन्।

कार्यक्रममा राधाकृष्ण मन्दिर वृद्धाश्रम अध्यक्ष प्रेम लिगल, वडा अध्यक्ष अक्कलबहादुर कार्की, वडा सदस्य सुनमाया नेपाली, नेपाल पुन समाजका केन्द्रिय सदस्य खिमबहादुर पुन लगायतले मानव चेतनाको विकास, आयआर्जन र उत्पादनमा जोड दिएर समाज अगाडि बढ्ने धारणा राखे।

कार्यक्रममा पोखरा ३२ का पुन मगर समाजको दुर्लभ सांस्कृतिक पुखेर्ली सोरठी नाच प्रस्तुत गरिएको थियो।

आश्रम अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका सचिव शोभामोहन पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै