मानवअधिकार तथा शान्ति समाजमा सुवर्णकार

समय आन्दोलनका अभियन्ता शाक्य सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
bisho photo_Fotor

मानवअधिकार तथा शान्ति समाज कास्कीको २१ औं साधारणसभा तथा १२ औं अधिवेशनले अमृत सुवर्णकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्ष तीर्थराज नेउपाने, सचिव रामकृष्ण ढुङ्गाना, कोषाध्यक्ष बेलबहादुर नेपाली, सहसचिव सावित्रा पौडेल सुवेदी छन्।

यसैगरी, सदस्यमा अनुजा शैजु, पार्वती बराल, रमा ढकाल, कोलप्रसाद अर्याल, रमेश परियार र जीवनप्रकाश श्रेष्ठ छन्।

साधारण सभाको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरे।

सोही समारोहमा समय आन्दोलनका अभियन्ता अग्रज फोटो पत्रकार विश्वरत्न शाक्यलाई सम्मान गरिएको छ।

प्रमुख अतिथि अधिकारीले शाक्यलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान अर्पण गरे।

त्यस अवसरमा प्रमुख अतिथि अधिकारीले पुराना संविधान असफल भएकाले नयाँ संविधानले मौलिक हक र समानतालाई जोड दिएर कार्यान्वयन गर्नु तीनै तहका सरकारको दायित्व भएको उल्लेख गरे।

साथै उनले मानवअधिकार शान्ति समाजले समय आन्दोलनको अगुवाई गर्दै नारी पुरुषलाई समानतामा लैजान सके मानवअधिकारको रक्षा हुने बताए।

सम्मानित व्यक्तित्व अग्रज फोटो पत्रकार विश्वरत्न शाक्यले मानव अधिकारको रक्षा गर्न व्यक्तिव्यक्तिमा सुधार हुनुपर्ने भन्दै मानवअधिकार रक्षा गर्नु चुनौती भएको बताए। शाक्यले मानिसमा मैत्री, करुणा, मुदिता र उपेक्षा भाव भएमा मात्र मानवअधिकारको संरक्षण हुने भएकाले सबैले उक्त चार कुरालाई ध्यान दिए सुधार हुने कुरा व्यक्त गरे।

सम्मानित व्यक्तित्वको परिचय राख्दै संस्थाकी सह–सचिव शावित्री शर्माले समय आन्दोलनको उत्कृष्ट नमूना शाक्यको अभियानलाई सबैले साथ दिनुपर्ने धारणा राखिन्।

कार्यक्रममा राष्ट्रिय मानवअधिकारका क्षेत्रीय निर्देशक दीपकजंग कार्की, शान्ति समाजका केन्द्रीय सदस्य कमला थापा, अग्रज मानव अधिकारकर्मी टेकनाथ बराल, समाजवादी पार्टीका सचिव नारायणप्रसाद भण्डारी सल्लाहकार देवीलाल शर्मा, पत्रकार श्याम कुँवर, नागरिक समाज कास्कीका संयोजक विष्णुहरि अधिकारी, गण्डकी अटो मेकानिकलका अध्यक्ष सानुमान जलारी, साहित्यकर्मी बिर्सना बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभाले सहसचिव सावित्रा पौडेल सुवेदीले प्रस्तुत गरको वार्षिक प्रतिवेदन पारित सर्वसम्मत पारित गरेको थियो।

मानवअधिकार शान्ति समाज कास्कीका सभापति अमृत सुवर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तीर्थ न्यौपानेले स्वागत तथा सचिव रामकृष्ण ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width