महोत्तरी, २७ भदौ । महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५ मा बिहीबार राति विषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी महिला सरदारलाई विषालु सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहा जिल्लाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा राति करीब सवा १० बजे बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र शुक्रवार शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
नुहाउन गएका दिदीबहिनीको दहमा डुबेर मृत्यु
घर छाड्ने सल्लाह हुँदै थियो, पहिरोले लतार्यो
पुरुनचौर पहिरो : मृतक ५ जनाको सामूहिक दाहसंस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१