भ्रष्टाचार विरुद्ध नागरिक सचेतना

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७६
Varstachar.jpeg 1

लमजुङ, २६ भदौ । लमजुङमा भ्रष्टाचार विरुद्ध नागरिक सचेतना अभियान थालिएको छ । सामाजिक न्याय अभियानका अभियन्ता एवं अधिवक्ता सुदर्शन जोशीको विशेष पहलमा उक्त कार्यक्रम गरिएको हो ।

सुशासन, सूचनाको हक र नागरिक सचेतना विषयमा प्रस्तोता अधिवक्ता जोशीले कार्यक्रममा नेपाल भ्रष्टाचारको तथ्याङ्कमा नेपाल एक सय ४८औं स्थानमा रहेको वताए । नेपालको मौलिक अभियानका रूपमा शुरु गरिएको थाहा अभियान जस्तै सचेतनाका लागि लमजुङबाट अभियान शुरु भएको र यस अभियानले असल नागरिकहरू निर्माण गर्ने छ त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले असल शासन तथा प्रशासन हुनको लागि नागरिक सचेतना अनिवार्य रहेकोमा जोड दिनु हुँदै यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता छ भने ।

कार्यक्रममा सामाजिक न्याय अभियन्ता राजु थापाले राज्यका शासन संयन्त्रमा रहेका ठूला व्यक्तिहरू नै नीतिगत तहबाटै हुने हुँदा यो प्रणाली बदल्नु पर्ने बताए । उनले नीतिगत रूपमा हुने भ्रष्टाचारको विरुद्धमा नागरिक अभियान चलाउनु पर्ने वताए । थापाले भ्रष्टाचार न्यूनिकरण गर्नका लागि दरो प्रतिपक्ष चाहिन्छ तर प्रतिपक्ष समेत बोल्दैन यसरी नबोल्नुको कारण आफ्नै नैतिक धरातल नभएको पुष्टि हुँदैछ भन्ने ठोकुवा गरे ।

पत्रकार अन्जनकुमार हिमालीले राज्यको सबै तहमा भ्रष्टाचार भएको हुँदा सबै लागेर न्यूनीकरण गर्नुपर्ने वताए । अभियन्ता रामजी बसौलाले भ्रष्टाचार अति जटिल कुरा भएको हुँदा यो निवारण गर्न पनि जटिल भएको वताए । उनले भ्रष्टाचार कहाँ भएको छ भन्दा पनि कहाँ छैन भनेर खोज्नु पर्ने अवस्था आएको छ भने । अजितबहादुर अधिकारीले भ्रष्टाचार नेपालको रोग नै भएको हुँदा यसलाई ठूलै अप्रेशन गर्नुपर्ने बेला आएको बिचार व्यक्त गरे ।

कार्यक्रममा दिपक अधिकारी, झपिन्द्र न्यौपाने, रीना थापा, मधुसुदन अधिकारीलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।अभियानका जिल्ला संयोजक वासुदेव सेढाईको अध्यक्षतामा गरिएको कार्यक्रमको सञ्चालन वासुदेव थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width