डेंगु सम्बन्धी सचेतना

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७६
dangu 1

वालिङ, २५ भदौ । वालिङ नगरपालिकाले बुधबार डेंगु सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । लामखुट्टेको टोकाईबाट सर्ने डेंगु ज्वरोको संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरेको हो ।

वालिङ मोडबाट स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि,सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सक्रियतामा भकुण्डे, भुम्रे, तल्लो वालिङ हुँदै पुनः मोडमा आएर सकिएको थियो ।सचेतनाका लागि गएको टोलीले वर्कसपका टायरमा जमेका पानी फाल्नुकासाथै अन्य पानी जमेका स्थानहरुमा ‘ब्लिचिङ पाउडर’ छरिएको थियो भने लामखुट्टे हुन सक्ने संभावित स्थलहरुको खोजी गरिएको थियो ।

वर्कसपमा रहेका टायरहरुमा पानी जम्न नदिन सम्बन्धित ब्यक्तिहरुलाई सचेत गराइएको थियो भने माईकिङमाफत घर वरीपरी पानी जम्ने स्थानहरुमा पानी जम्न नदिन वा पानीका ड्रमहरु, बाल्टिनहरुलाई छोपेर राख्न सुझाव दिइएको थियो ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपप्रताप खाँणले रोग लागेपछि पछुताउनुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले सचेत हुन आग्रह गरे । उनले वालिङमा पनि डेङ्गु रोगका संक्रमित ब्यक्तिहरु भेटिएकाले सबैले यसबाट बच्ने उपायहरु अपनाउन पनि सुझाव दिए । नगर प्रमुख खाँणले सचेतनामूलक ¥याली एवं ‘सर्च एण्ड डिष्ट्रोय’ कार्यकालागि सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरे ।

स्याङ्जामा लामखुट्टेको टोकाइबाट सर्ने ज्वरो डेङ्गुका ४७ विरामी फेला परेका छन् । नजिकैको शहर पोखरामा डेङ्गुका विरामी उच्च भेटिएका बेला स्याङ्जामा पनि त्यसको प्रभाव परेको र डेङ्गुका विरामीको संख्यामा बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत कमल पाण्डेले बताए ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार स्याङ्जा जिल्लामा बसोबास गर्ने ४७ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।
जिल्ला अस्पताल स्याङ्जामा दुई जना, ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा एक जना र अन्य पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा भेटिएको तथ्याङ्क प्राप्त भएको जनस्वास्थ्य अधिकृत पाण्डेले बताए ।

“जिल्ला अस्पताल स्याङ्जा र ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ गरी दुई स्वास्थ्य संस्थामा डेङ्गु परीक्षणको किटको ब्यवस्था रहेको छ” जनस्वास्थ्य अधिकृत पाण्डेले भने, “जिल्लामा रहेका यी दुई स्वास्थ्य संस्थाबाहेक पोखराका विभिन्न अस्पतालमा गरेर उपचार तथा परीक्षण गराउनेको संख्या धेरै रहेको छ ।”

डेङ्गु रोगबाट बच्नका लागि स्याङ्जाका एघार वटै पालिकाहरुले सचेतनामूलक कार्यक्रम तथा लामखुट्टे नियन्त्रणका लागि ‘सर्च एण्ड डिष्ट्रोय’ को अभियान सञ्चालन गरेका छन् ।“लामखुट्टेको बासस्थान हुन सक्ने संभावित स्थानहरुको खोजी गरी नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं” वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मणि पंगेनीले भने, “यो अभियानलाई अझै फराकिलो बनाउँदै प्रत्येक टोल टोलमा पु¥याईने छ ।”

डेङ्गु रोगका लक्षण, बच्ने उपाय तथा लामखुट्टे नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुकाबारेमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको शाखा प्रमुख पंगेनीले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width