नेपाल प्रवद्र्धनमा एग्रोको भूमिका महत्वपूर्ण

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७६
EGA_Fotor

नेपालका पर्यटकीय गन्तव्य र सोसम्बन्धी गतिविधिको आन्तरिक तथा बाह्य प्रवद्र्धनमा इम्ब्रोइडरी एण्ड गमेर्ण्ट एशोसिएसन (एगा) पोखराले महत्वपूर्ण भूमिका खेलेको भन्दै व्यवसायीले सो संस्थाको प्रशंसा गरेका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका ४? भदौरेमा आयोजित संस्थाको १६ औं वार्षिक साधारणसभाका अवसरमा व्यवसायीले त्यस्तो प्रतिक्रिया दिएका हुन्। विभिन्न खालका कपडामा साहसिक गतिविधि? हिमाली चुचुराहरु र पदयात्राका नक्साहरु समावेश गरी एगाअन्तर्गतका व्यवसायीले पर्यटकलाई बिक्री गरेर नेपाल प्रवद्र्धनमा सघाएको संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए।

इम्ब्रोइडरिसँग सम्बन्धित व्यवसायीको प्रकृति हेरी आवश्यक तालिम र उत्पादित बस्तुको ब्राण्डिङ गर्ने पनि एगाको योजना रहेको उनले सुनाए। राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन अवलोकन भ्रमण? उपहार सामग्रीलाई अझै परिस्कृत ढंगले उत्पादन गर्ने? दिगो पर्यटन व्यवस्थापनमा सघाउने? संस्थाका सदस्यको हकहितमा काम गर्ने लगायतका योजना पनि एगाले अगाडि सारेको सल्लाहकार श्रेष्ठले जानकारी दिए।

स्वदेशी उत्पादन एगाको पहिचान भन्ने मूल नाराका साथ संस्थाले कार्यक्रम आयोजना गरेको हो।

सो अवसरमा एगाका अध्यक्ष शंकरप्रसाद भट्टराईले नेपाली चिनो र पहिचानयुक्त सामग्री थप परिस्कृत ढंगले उत्पादन गर्ने योजनामा एगा रहेको जानकारी दिए। स्वदेशी घरेलु तानबाट बुनिएका तथा विदेशी कपडा पर्यटकको चाहना अनुरुप नेपाली मौलिक पना प्रदान गर्दै विभिन्न डिजाइन दिई उत्पादन र बिक्री गर्ने काम एगाले गर्दै आएको उनले बताए।

प्याराग्लाइडिङ? अल्ट्रालाइट? जिपफ्लायर? बन्जीजम्पिङ? गौतम बुद्ध? माछापुच्छ्रे? अन्नपूर्ण? सगरमाथा? पदयात्रा मार्गहरु पनि त्यस्ता कपडामा समेट्ने गरिएको संस्थाका सचिव इन्द्रप्रसाद भण्डारीले जानकारी दिए। उल्लेखित सामग्रीको माध्यमबाट नेपाल प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले दाबी गरे। संस्थामा अहिले ७५ सदस्य व्यवसायी रहेको जानकारी पनि उनले दिए।

सोही कार्यक्रममा एगाले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सक्दो सहयोग गर्ने उद्घोष पनि गरेको छ। भमण वर्षका अवसरमा विशेष कार्यक्रम समेत एगाले ल्याउने जनाइएको छ। भ्रमण वर्ष सफल पार्न गठित विभिन्न समिति उपसमितिसँग सहकार्य गर्दै एगा अगाडि बढ्ने बताइएको छ।

साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य राजीव पहारीले लेकसाइडका सबै व्यापारको अनुगमन गरिनु पर्ने भनाइ राखे। ‘कतिपय विदेशी अनुमतिभन्दा लामो अवधि पोखरामा बस्ने गरेको? त्यस्ता विदेशीले लेकसाइडमा विकृति बढाएको र कतिपय विदेशी त सडक किनारमा माग्न समेत बस्ने गरेको पनि उनले सुनाए। नियम कानून नमान्ने विदेशीलाई देश निकाला गर्नुपर्छ? ’ उनले भने।

डाँडाबाट हेर्दा फेवा ताल पोखरीजस्तो देखिएको भन्दै उनले ताल संरक्षणमा सरकारी पक्ष गम्भीर बन्नुपर्ने भनाइ राखे। तालको माथिल्लो तटीय क्षेत्रमा केही संरक्षणका काम भएको जानकारी पनि उनले दिए। पर्यटनको सन्दर्भ कोट्याउँदै पहारीले होमस्टेमा अर्गानिक खाना पस्कनु पर्ने सुझाव राखे। तथ्यांकमा पर्यटक बढे भन्ने गरिए पनि आफूलाई त्यस्तो नलागेको भनाइ उनले राखे। पर्यटकको बसाइँ लम्ब्याउनेतर्फ सबैको ध्यान जानुपर्ने सुझाव उनको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले इम्ब्रोइडरी र गामेर्ण्ट व्यवसायलाई उद्योगको रुपमा अगाडि बढाउनु पर्ने सुझाव राखे।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले नेपाल प्रवद्र्धनमा एगाको भूमिका उल्लेखनीय रहेको भन्दै त्यस्तो भूमिका खेल्ने एगालाई सरकारीस्तरबाट सहयोग हुनु पर्ने भनाइ राखे। परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखरामात्र पर्यटकीय क्षेत्र नभई नेपालका गाउँहरुले पनि उत्तिकै पर्यटकीय महत्व बोकेको भनाइ राखे। गाउँहरुमा सभा सम्मेलन गर्ने खालको पर्यटनको सम्भावना रहेको भन्दै उनले पर्यटनलाई प्रकृतिमा मात्र आधारित नगरी यसलाई नयाँ ढाँचामा अगाडि बढाउनु पर्ने बताए।

संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक विश्वराज पोखरेलले एगाले प्रवद्र्धन लगायत सामाजिक हितका गतिविधि समेत गर्दै आएको जानकारी दिए।

गुरुङ सामुदायिक होमस्टेका अध्यक्ष रुपेश गुरुङले स्वदेशी र विदेशी पर्यटकलाई आफ्नो गाउँमा उत्तिकै न्यानो आतिथ्य प्रदान गरिँदैआएको बताए।

बहादुरे मावि भदौरेका प्रधानाध्यापक रामप्रसाद पौडेलले ठूला होटलमा जानु सट्टा गाउँमा आएर कार्यक्रम गरेकोमा एगाको प्रशंसा गरे।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले गाउँमा पुगेर कार्यक्रम गरिनु प्रवद्र्धनका हिसाबले पनि सकारात्मक पक्ष भएको बताइन्।

कार्यक्रममा एगाका पूर्व अध्यक्ष पुस्कलबहादुर थापालाई सम्मान गरिएको थियो। सो अवसरमा संस्थाका गीता ढकाल पौडेल? विश्वराज पोखरेल? जीवनाथ गौतम र प्रेमबहादुर कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो। कमलबहादुर सापकोटालाई उत्कृष्ट सदस्यको रुपमा सम्मान गरियो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width