आयोजक कीर्गिस्तानमाथि नेपालको शान्दार जित

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७६
Nepali Womens FootBall Team

पोखरा । कीर्गिस्तानमा जारी ‘नादेज्दा कप’ महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई ८–२ गोल अन्तरले हराउँदै शान्दार जित हात पारेको हो । नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा ४ गोल गरिन् ।

कीर्गिस्तानविरुद्ध नेपाली महिला टिमले दोस्रो मिनेटमा नै गोलको मौका पाएपनि सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले गरेको हेडको प्रयास पोस्टमाथिबाट बाहिरियो । खेलको तेस्रो मिनेटमा सावित्राकै गोलमा नेपालले अग्रता बनायो । कीर्गिस्तानको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै सावित्राले गोल गर्न सफल भएकी थिइन् ।

खेलको १३ औँ मिनेटमा पुनः सावित्राले नै वान भर्सेस वानको मौकालाई उपयोग गर्न सकिनन् । सावित्रालाई कीर्गिस्तानी गोलकीपरले रोक्न सफल भइन् । त्यसको एक मिनेटपछि नेपालले दोस्रो गोल थप्दै टोलीलाई दोब्बर अग्रता दिलायो । नेपालका लागि दोस्रो गोल पनि सावित्राले नै गोल गरेकी थिइन् । उनले गोलकीपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै गोल गरेकी हुन् ।

नेपालको अग्रता केहीबेर पनि टिक्न सकेन । कीर्गिस्तानले ५ मिनेट भित्रमा दुई गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइ पु¥याए । कीर्गिस्तानले दुवै गोल नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गरेको थियो ।

खेलको २५ औं मिनेटमा नेपालले तेस्रो गोल ग¥यो । नेपालका लागि दिपा राईले टोलीका लागि उत्कृष्ट तेस्रो गोल गर्न सफल भइन् । २९ औं मिनेटमा नेपालले चौँथो गोल थप्यो । नेपालका लागि सावित्रा भण्डारीले डिबक्स भित्रबाट चौथो गोल गरेकी हुन्। योसँगै उनले व्यक्तिगत ह्याट्रिक पनि पूरा गरिन् । त्यसपछि ३५ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पाँच दुईको अग्रता दिलाइन् ।

३६ औँ मिनेटमा नेपालले किर्गिस्तानको पोस्टमा छैँटौ गोल ग¥यो । नेपालका लागि कप्तान निरु थापाले छैटौं गोल गरिन् । पहिलो हाफमा ६(२ को अग्रता बनाएको नेपाली महिला टिमले ५४ औं मिनेटमा सातौं गोल थप्यो । नेपालका लागि सावित्राले नै फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेकी हुन् । उक्त गोल सावित्राको व्यक्तिगत चौथो गोल थियो । अन्तिममा अनिता बस्नेतले एक गोल थपेपछि नेपालले ८–२ को जित निकाल्यो ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width