असोजको ६ देखि ११ गतेसम्म संगम कप फुटबल

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७६
Sangam Cup Football

पोखरा । असोजको पहिलोे सातादेखि पोखरामा सातौं संस्करणको संगम कप फुटवल प्रतियोगिता हुने भएको छ ।

पोखराको संगम क्लवको आयोजनामा फुटवल खेलको विकास गर्ने उद्देश्यले असोजको ६ देखि ११ गतेसम्म लेखनाथको सैनिकबस्तीस्थित भण्डारढिक खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको क्लवले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पोखरा रंगशालामा फुटवल मैदान हाल निर्माणाधीन अवस्थामा रहेकोले पोखराको स्थानीय आदर्श क्लवले संचालन गरेको भण्डारढिक खेल मैदानमा उक्त प्रतियोगिता संचालन गर्ने प्रतियोगिता संयोजक शिव गुरुङ ‘माया’ ले बताए । पोखरा रंगशालादेखि भण्डारढिक करिब १५ किलोमिटर टाढाको दूरीमा पर्छ ।

पाँच बर्षदेखि संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता गर्दै आएको क्लवले छैटौं संस्करण २०७४ देखि फुटवल प्रतियोगिता सुरु गरेको हो । गत वर्ष मैदान अभावले फुटवल प्रतियोगिताले निरन्तरता नपाएको क्लवका अध्यक्ष सुर्य गुरुङले बताए ।

प्रतियोगितामा करिब २४ टिमको सहभागिता हुने संयोजक ‘माया’ले बताए । उनका अनुसार एन्फा कास्कीमा आवद्ध २२ वटा क्लवहरुमध्ये अधिकाशं क्लवहरु सहभागी हुनेछन् । क्लवले यस बर्षदेखि पुरस्कार राशीमा बृद्धि गरेको छ । क्लवले विजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ९० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्ने भएको छ ।

अघिल्लो बर्षको तुलनामा विजेतालाई २५ हजार र उपविजेतालाई २० हजार पुरस्कार राशीमा बृद्धि गरिएको क्लवका उपाध्यक्ष विवेक गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा दर्ता शुल्क ७ हजार लाग्नेछ । एउटा टिममा ‘ए’ डिभिजनका ५ जनासम्म खेलाडीहरु समावेश गर्न पाइनेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाइकरलाई जनही ५/५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६० हजार खर्च लाग्ने भएको क्लवका द्धितिय उपाध्यक्ष शिव नेपालीले बताए । स्वदेश तथा विदेशमा रहेका सहयोगीहरुबाट उक्त सहयोग संकलन हुने उनले जनाए । उक्त प्रतियोगिताबाट बचत भएको रकम यू—१५ संगम एकेडेमीमा खर्च गरिने अध्यक्ष गुरुङले बताए । एकेडेमीमा हाल करिब ६० जना वालवालिका रहेको क्लवले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width