२२औं फूटवलको फाइनल आज

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७६
Bahundada Fu.jpg 1

लमजुङ, २३ भदौ । लमजुङमा सञ्चालित २२औं खुल्ला फुटबल प्रतियोगिता महिलातर्फ फाइनलमा र पुरुषतर्फ सेमी फाइनलमा प्रवेश गरेको छ । मौसमले साथ दिए सबै प्रतियोगिताको फाइन आज(सोमबार) हुनेछ ।

आइतबार भएको पुरुषतर्फको क्वाटर फाइनल प्रतियोगितामा जनकल्याण युवा क्लब नाइचे र प्रतिभा युवाक्लब खानीगाउँका बीचमा भएको थियो । निर्धारित समयमा कुनै पक्षबाट पनि गोल हुन नसक्दा खेल ट्राइबे्रकरमा पुगेको थियो । जसमा खानीगाउँको ४ गोलका विरुद्ध नाइचेले पाँच गोल गरी सेमी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै, आजभएको दोस्रो प्रतियोगितामा अन्नपूर्ण युवा क्लब मनाङ र शान्तीदेवी युवा क्लब दिङदिङका बीचमा भएको खेलमा शून्यका विरुद्ध पाँच गोल गरी मनाङको टिम सेमी फाइनलमा पुग्न सफल भएको आयोजक क्लबका सचिव रविन्द्र घिमिरेले बताए । उनका अनुसार अर्को प्रतियोगितामा सिर्जना युवा क्लब ठूलीबसी र मुनस्टार युवाक्लब ताराचोकका बीचमा भएको थियो । यो प्रतियोगिता पनि निर्धारित समयसम्म कुनै गोल भएन । त्यसपछि ट्राइब्रेकरमा ताराचोकको सात गोलका बिरुद्ध आठ गोलगरी ठूलीबेसी विजयी भएको छ ।

यसैगरी, आजै भएको महिलातर्फको खेलमा ढोडेनी एकता क्लब दोर्दी गाउँपालिका र तारापुञ्ज युवा क्लब बडलविसौना बीच भएको सेमी फाइनल खेलमा शून्यका विरुद्ध ३ गोल गरी ढोडेनी एकता क्लब विजयी भएको छ । त्यस्तै, बाघेता बाहुनडाडाको टिम र आयोजक क्लब बीचमा सेमी फाइनल खेलमा एकका विरुद्ध दुई गोल गरी बाघेता टिम फाइनलमा प्रवेश गरको आयोजक समितिका सचिव घिमिरेले जानकारी दिए । उनका अनुसार महिलातर्फको खेलमा ६ टिम सहभागी भएका र पुरुषतर्फको भलिबलमा १६ टिमले भाग लिएका हुन् । मौसमले साथ दिएमा फुटबलको महिला पुरुष खेलका साथ युगल व्याडमिन्टनको फाइनल खेल पनि भोलि सम्पन्न गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width