पोखरा, २२ भदौ । पोखरा-१४ स्थित शुभ सौगात बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको पोखरा महानगरपालिकाका निमित्त कार्यकारी प्रशासकीय अधिकृत गंगालाल सुवेदीले शुभारम्भ गर्दै हालको अवस्थामा सहकारी आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताए ।
अबदेखि सहकारीलाई महानगरले अनुगमन गर्ने छुट्टै निर्देशिका लागू गरिसकेकाले सोही अनुसार अघि बढ्न उनले निर्देशन दिए । कुनै पनि शेयर सदस्यले एउटा मात्र सहकारीमा शेयर लगानी गर्न पाउने छ, शेयर सदस्यले ६ महिना भित्र आफूलाई कुन सहकारी मन पर्छ सोही सहकारी रोज्न समेत आग्रह गरे ।
सहकारीका वरिष्ठ सल्लाहकार बोधबहादुर कार्कीले सहकारी स्थापना गर्दा धेरै परिश्रम गर्नुपरेकाले सबै शेयर सदस्यहरुलाई आफूले लगानी गरेको सहकारीमा समयसमयमा गई लगानीको बारेमा चासो राख्नुपर्नेमा जोड दिए ।
सहकारीका अध्यक्ष ललितबहादुर बानियाँले सेयर सदस्यहरु मुनाफामा मात्र धरै चासो दिने हुँदा आफ्नो नियमित कारोवार पनि सहकारीमा नै गर्न आग्रह गरे । उक्त अवसरमा सहकारीका सल्लाहकार जब्बरबहादुर कुँ्वर, रोमबहादुर कार्की, महेन्द्रराज आचार्य, तारापुन्ज सहकारी संस्थाका अध्यक्ष सुदिप रेग्मी, मुक्तिनाथ विकास बैंक पृथ्वीचोक शाखा प्रमुख राजु पौडेल, लेखा समिति संयोजक रामचन्द्र सुवेदी, ऋण लगानी तथा असुली उपसमिति संयोजक नरेन्द्र कुवँर, शिक्षा उपसमिति संयोजक सविना क्षेत्री, महिला परिचालन उपसमिति संयोजक टिका थापा कार्की लगायते बोलेका थिए ।
साधारण सभामा सहकारीका अध्यक्ष ललितबहादुर बानियाँको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष उद्ववबहादुर कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
साधारण सभामा उत्कृष्ट कारोवारीको तर्फबाट डा. अन्जना के.सी., उत्कृष्ट कर्जातर्फ लक्ष्मी गुरुङ, उत्कृष्ट आवधिक मुद्दती वचततर्फ श्रीकृष्ण कार्की, उत्कृष्ट बाल वचत अन्तर्गत रजनी वाग्ले र उत्कृष्ट कर्मचारीतर्फ मुना कार्कीलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१