गल्याङ २१ भदौ । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कसैले चाहाँदैमा सरकार परिर्वतन नहुँने बताएकी छन् ।
स्याङ्जाको गल्याङ उद्योग वाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार परिर्वतन हुने दिवा सपना नदेख्न आग्रह गरिन् ।
मन्त्री अर्यालले केही समय अघिको चितवन घटना तथा प्रतिपक्षीलाई इंकित गर्दै स्थिर सरकार जनताको चाहानाले बनेको दावी गरिन् । मन्त्री अर्यालले भनिन् “यहाँ कुनै ईष्यू नभएपछि झिना मसिना कुरालाई उचाल्ने प्रयास गरिएको छ ।
यस्ता मसिना कुरामा सरकार अल्झने छैन् ।” तथ्यहिन विषयलाई अतिरञ्जित गर्न खोजिएको भन्दै सरकार सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पुरा गर्न केन्द्रित भईरहेको मन्त्री अर्यालको जिकिर छ । मुलुकमा स्थिर संघीय सरकार आएसंगै जनताले राहत महशुस गरेको भन्दै मन्त्री अर्यालले भनिन् “विकासका लागी सबै मिल्नुको विकल्प छैन् । विकास सबैको साझा मुद्दा हो । विकास र समृद्धिमा राजनीति नगरौँ ।” सरकारले धेरै नमूना कार्यहरु ल्याएको परिर्वतन नै भएन भन्नेहरुका लागि प्रत्येक पालिकामा गएर जनतालाई सोध्न मन्त्री अर्यालले आग्रह गरिन् ।
फरक प्रसंगमा मन्त्री अर्यालले सिद्धार्थ राजमार्ग स्तरोन्नतिको काम आउने वर्षबाट सुरु हुने बताउदै पोखरा देखि भैरहवा सम्मको बाटो दुई घण्टाको बनाउन खोजेका छौँ । यो साल टेण्डर हुन्छ, आउने वर्ष योजना सम्झौता भई कामसुरु हुनेछ ।
मन्त्री अर्यालले आँधीखोला उच्च हाईड्याम निर्माण गर्न नेपाल सरकारले नसक्ने बताउँदै विदेशीसंग हारगुहार गरेर घाटामा जाने योजना सञ्चालनको तुक नरहेको उनले बताइन् । ‘योजना सम्पन्न गर्न ६३ अर्ब चाँहिदो रहेछ, ’सरकारले यो काम गर्न नसक्ने भएकाले अन्य पनि सहयोग चाहिन्छ ।’
‘हाल प्राविधिकद्वारा आँधीखोला हाईडेयामको अध्ययन शुरु भएको छ, आँधीखोला हाइड्याम बन्छ बन्दैन प्राविधिकको अध्ययन पछि थाहा होला तर पैसाकै कारणले हाईड्याम निर्माण कुनै हालतमा रोक्न दिने छैन ।’ उनले भने
कार्यक्रममा पूर्व सांसद मोहनप्रसाद पाण्डेले व्यपारीलाई करको ठूलोभारी बोकाएर दुई तिहाइको सरकारले आर्थिक नीति तहस नहस पारको र यो देशका सफल र कुशल अर्थमन्त्री युवराज खतीवडाले आर्थिक अबस्थालाई टाट पार्ने काम गरेको आरोप लगाए ।
उनले भनिन् देशमा व्यपारी,उद्योगी,शिक्षक मैत्री नीति निर्माण गराउन नसकेको आरोप लगाइन् । गल्याङ नगरपालिकाका नगर प्रमुख भूपराज अधिकारी, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला,पूर्व जिल्ला विकास समिति स्याङ्जाका उपसभापति लालगोपाल अर्याल ,गल्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार श्रेष्ठ लगाएतले गल्याङ उद्योग वाणिज्य संगले नमूना काम गरेको बताए ।
गल्याङ उद्योग वाणिज्य संघका सभापति लेखनाथ भट्टराइएको सभापतित्वमा भएको खुला सत्रमा स्वागत मन्तव्य उपाध्यक्ष ध्रुर्व श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१