पोखरा, २१ भदौ । पोखरा १२ मा रहेको चापापानी वचत तथा ऋण सहकारी संस्था लि.र सिद्धार्थ सहकारी संस्था लि.बीच एकीकरण भई चापापानी सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लि. नामाकरण गरिएको छ ।
चापापानी वचतको १० औं साधारण सभा तथा चौथो अधिवेशन र सिद्धार्थ सहकारीको २० औं साधारण सभा सम्पन्न भई शनिवार एकीकरण भएको हो ।
एकीकरण समारोहको गण्डकी प्रदेश भूभि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव बद्रीनाथ अधिकारीले उद्घाटन गदै एक व्यक्ति एक सहकारीको अवधारणालाई मान्यता दिदै कुनै अर्को सहकारीको सदस्य भएमा स्वत गैह्रकानूनी शेयर सदस्य ठहर हुने बताउदै एकीकरणले संस्था कमजोर नहुने भन्दै अझ बलियो र सवल बन्ने विश्वास व्यक्त गरेका थिए । अब स्थानीय निकायको समन्वयमा संस्थाले शाखा कार्यालय र सेवा केन्द्रको स्थापना गर्नुपर्ने वताए ।
पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले २०५४सालमा आएको गाउ नगर साझेदारी कार्यक्रम अन्तर्गत समूहमा थोरै थोरै रकम जम्मा हुदै गएको संस्था अहिलेको चापापानी सहकारीको पूर्ण स्वरुप रहेको जानकारी दिए ।
चापापानी सहकारी संस्थाका अध्यक्ष नरेशबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ सहकारीका अध्यक्ष सुरेश बहादुर श्रेष्ठ ,सामुदायिक सेवा केन्द्र माटेपानीका पूर्व अध्यक्ष लोकबहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाको शनिवार सम्पन्न अधिवेशन वाट नरेशबहादुर कार्कीको अध्यक्षता नयाँ सञ्चालक समिति चयन सम्पन्न भएको छ । जसमा उपाध्यक्ष सुरेश बहादुर श्रेष्ठ, महासचिव श्यामप्रसाद साखी, सचिव दीपक कार्की, कोषाध्यक्ष इन्द्रदत्त बराल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विष्णुप्रसाद कोइराला, सुभाष तझया, लक्ष्मी कार्की, भगवती बास्तोला, अनिता रानामगर, निर्मला श्रेष्ठ, कमलबिक्रम कार्की, रुद्रबहादुर घले, रुपनारायण भुजेल र गुप्तबहादुर कार्की रहेका छन् । कुलप्रसाद दाहाल संयोजक, शिवलाल रिमाल र चित्रप्रसाद दाहाल सदस्य रहनेगरी लेखा समिति समेत चयन भएको छ ।
करीब १४ सय शेयर सदस्य रहेको संस्थाको कूल पूँजी ४० करोड रहेको छ । सिद्धार्थ सहकारीका निवर्तमान अध्यक्ष गोर्कणबहादुर कार्की स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सुभाष तझयाले गरेका थिए ।
-दामोदर आचार्य
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१