एपीएफ ‘ए’ उपाधि नजिक

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७६
Nadipur VolleyBall

पोखरा । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा विभागिय सशस्त्र प्रहरी बलको टोली एपीएफको ‘ए’ ले स्थान बनाएको छ ।

नदीपुरस्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार भएको पहिलो सेमीफाइनल खेलबाट एपीएफको ‘ए’ टिमले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २२–२५, २५–१७ र २५–१५ को सेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । उक्त खेलबाट पोखरा भलिबल ट्रेनिङ सेन्टरका रामचन्द्र बिक म्यान अफ द म्याच घोषित भए ।

गलकोट क्लब बाग्लुङ र एपीएफ ‘बी’ बीच भएको अर्काे सेमिफाइनल खेल समय अभावका कारण रद्द हुन पुगेको छ । उक्त खेल शनिबार बिहान ठिक ७ बजे हुने खेल संयोजक अनिल गुरुङले बताए । उनका अुनसार सो खेलमा २ सेट एपीएफले र १ सेट बाग्लुङले हात पारेको थियो ।

त्यस्तै महिलातर्फ टिजी गर्ल र दोबा समाज उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलबाट लालीगँुरास पुन समाज लामाचौर ‘ए’ लाई टिजी गर्लले २५–११, २५–२२ र २५–५ को सोझो सेटमा पराजित ग¥यो ।

यसैगरी, दोस्रो सेमिफाइनल खेलमा लालीगँुरास पुन समाज लामाचौर ‘बी’ लाई दोबा समाजले २५–१३, २५–२२ र २५–२२ को सोझो सेटमा हराउँदै फाइलनमा टिजी गर्लसँगको भेट पक्का गरेको छ । उनीहरुले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि भेट्रान्सतर्फ घान्दु्रकलाई हराउँदै अर्चलबोट युनाइटेड र घारीपाटन भेट्रान्सलाई पराजित गर्दै लालीगुँरास पुन समाज लामाचौर फाइनलमा प्रबेश गरिसकेको संयोजक गुरुङले बताए ।

प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई ६० हजार उपविजेतालाई ४० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र सहित प्रदान गरिने गुरुङले बताए ।

त्यसैगरी महिलातर्फको बिजेताले २० हजार र उपबिजेताले १४ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

भेट्रान्सतर्फको बिजेता १५ हजार र उपविजेताले १० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङको प्रमुख आतिथ्यतामा शनिबार फाइनल खेल हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width