जनतामाझ लोकप्रिय वन्न काँग्रेस नेताले छोटो भाषण गर्ने

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७६
nepali-congress-cc-meeting

काठमाण्डौ, २० भदौ । राजनीतिक पार्टीप्रति आम जनताको आकर्षण घट्दै गएपनि नेपाली काँग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई छोटो भाषण र जनताका कुरा सुन्न उर्दी जारी गरेको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले आफ्ना नेतालाई लामो समय लिएर भाषण गर्न रोक लगाएको छ । तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र लक्षित गरेर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको कांग्रेसले केन्द्रबाट खटिएर जाने नेतालाई ‘कम बोल्न र धेरै सुन्न’ निर्देशन दिएको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बीपीको १०६ औं जन्मजयन्तिको अवसर पारेर भदौ २४ गते दोस्रो चरणको जागरण अभियान सुरू हुने जानकारी दिए । कांग्रेसले तीन सय ३० निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने उनले बताए। यी प्रतिनिधिको काम गाउँ गएर भाषण गर्नेभन्दा कार्यकर्ता र जनताका कुरा सुन्नुपर्ने शर्माले जानकारी दिए।

‘केन्द्रीय प्रतिनिधिले बोल्ने कम, सुन्ने धेरै गर्नुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘आफूले जिम्मेवारी लिएको प्रदेशसभा क्षेत्रको समग्र अवस्था पछि पार्टीलाई जानकारी गराउनुपर्छ।’ कांग्रेसले हिमाल, पहाड र तराईका क्षेत्रमा गर्न लागेको अभियानको उद्घाटन कार्यक्रमलाई छरितो बनाएको पनि बताएको छ।

‘एक मिनेटमा आसनग्रहणका कार्यक्रम सकिन्छ,’ उनले भने, ‘ब्याच लगाउन पाइने छैन भने नेताहरूलाई किलोका किलो मालाले स्वागत गर्न बन्देज लगाइएको छ।’पार्टीले जागरण अभियानलाई जनताको कुरा सुन्ने थलो बनाउन खोजेको शर्माले जानकारी दिए।‘कार्यक्रम अन्तक्र्रियात्मक हुन्छ। नेतालाई कम बोल्न र धेरै सुन्न भनेका छौं,’ उनले भने।अभियानका क्रममा युवालाई कांग्रेसमा आकर्षित गर्ने योजना पनि कांग्रेसले ल्याएको छ।

‘१५ दिनमा एक लाख युवामाझ कांग्रेस पुग्छ,’ उनले भने, ‘उनीहरूलाई देश, लोकतन्त्र, कांग्रेस, वीपीका विचार र संस्कारबारे जानकारी गराउँछौं।’ कांग्रेसले अरू पार्टीका सदस्यलाई आफ्नो पार्टीमा प्रवेश गराउने र नयाँ सदस्यता विस्तारलाई पनि अभियानको प्रमुख कामको रूपमा राखेको उनले बताए।
‘पहिलो चरणमा वैशाख २५ देखि एक महिना चलेको अभियानमा ३१ हजार छ सय जना कांग्रेसमा प्रवेश गरेका थिए। दोस्रो चरणमा यो संख्या बढ्ने संकेत छ,’ उनले भने, ‘नवप्रवेशीलाई पार्टीले प्रशिक्षण दिएपछि मात्रै आवश्यक जिम्मेवारी दिन्छ।’

कांग्रेसले अभियान अवधिभरमा वडास्तरीय अन्तक्र्रिया, गाउँका जनताको भावना बुझ्ने, वडाको विकास र पार्टीको भूमिकाबारे छलफल गर्ने, स्थानीय सरकारको दुई वर्षे समीक्षा गर्नेजस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ।

अभियानको अन्तिम दिन असोज ७ मा विरोध सभा गर्न कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्रहरूलाई निर्देशन दिएको छ। ‘बढ्दो महंगी, वाइड बडीलगायत भ्रष्टाचार काण्ड, महिला हिंसा, बलात्कारजस्ता घटनाहरू, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारका नराम्रा कामबारे खबरदारी गर्न ७७ वटा जिल्लामै खबरदारी सभा हुन्छ,’ शर्माले भने।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width