विद्यार्थीलाई सूचना प्रविधिमा अगाडि बढाइने

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७६
IMG_4787-min

पोखरा, १९ भदौ । ४० औं राष्ट्रिय शिक्षा दिवसको पूर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले गुणस्तरीय शिक्षामा आइसीटीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयका विद्यार्थीले सहभागिता रहेको थियो ।प्रतियोगितामा सिद्धार्थ माविका साकार बस्नेत प्रथम, दामगाडे माविकी अमृता गुरुङ द्वितीय भएकी छिन् भने तृतीय स्थान जनआदर्श माविका सविन पौडेल र जनप्रिय माविका पृथ्वी क्षत्रीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

प्रथम हुन सफल बस्नेतले आइसीटीको बढ्दो उपयोगसँगै यसबाट सिर्जित हुन सक्ने नकरात्मक गतिविधिलाई रोक्न पनि शिक्षा आवश्यक रहेको बताए । आइसीटीको प्रयोगले नै शिक्षण सिकाईलाई प्रभावकारी, रोचक बनाउनुको साथै ज्ञानको दायरा फराकिलो बनाउने बस्नेतले बताए । त्यसैगरी द्वितीय छात्रा गुरुङले आइसीटीले विश्वलाई साँघुरो कोठामा परिवर्तन गरेको बताउँदै वर्तमान युगमा सिक्ने, टिक्ने र बिक्ने शिक्षा नै आइसीटी शिक्षा रहेको बताइन् । तृतीय स्थानका छात्र सविन पौडेलले परम्परागत तथा घोकन्ते पढाई शैलीलाई विस्थापित गर्न शिक्षकहरुले प्रविधिलाई आत्मसात गर्नुपर्ने बताए ।

सान्त्वना स्थानका विद्यार्थी पृथ्वी क्षत्रीले विकसित देशहरु सूचना प्रविधिकै कारण अब्बल स्थानमा रहेको बताउँदै नेपालमा पनि आइटी प्रविधिलाई विस्तार गर्नुको विकल्प नरहेको बताए ।

कार्यक्रमका सहभागी विद्यार्थीले गाउँपालिकाले शैक्षिक क्षेत्र तथा विद्यालयमा सूचना प्रविधिमा विधामा गरेको प्रयासले आफूहरु धेरै लाभाविन्त भएको बताएका थिए । विद्यालयमा दक्ष आइटी शिक्षकको व्यवस्था, इन्टरनेट तथा इलाइब्रेरीको पहुँचले शिक्षण सिकाइमा उल्लेखनीय सुधार भएको तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका शिक्षा समिति संयोजक तथा अध्यक्ष घनश्याम सुवेदीले सहभागी विद्यार्थीले प्रतियोगितामा दिएको प्रस्तुतिले सूचना प्रविधिप्रतिको लगाब तथा खोज तीव्र रुपमा देखिएको बताए । सूचना प्रविधिले नै गर्दा अहिलेको पुस्ताका विद्यार्थी शिक्षक भन्दा बढी अपडेट हुन थालेको अध्यक्ष सुवेदीको तर्क रहेको थियो ।

शिक्षकलाई प्रविधिमैत्री बनाई शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले एक शिक्षक एक ल्यापटप, शैक्षिक सफ्टवयर, विद्यार्थीसँग अध्यक्ष जस्ता कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवि थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको सहभागिता रहेको थियो ।

यसैबीच गाउँपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार सिद्धार्थ माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width