मिटरमा नचल्ने ट्याक्सीलाई कारवाही

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७६
taxi-andolan-pokhara

पोखरा, १९ भदौ । मिटरमा नचल्ने भाडाका ट्याक्सीलाई कारवाही गरिने चेतावनी गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण वस्नेतले दिएका छन् ।

अर्थ तथा विकास समितिले सरोकारवाला निकाय र भौतिक पूर्वाधार मन्त्रालयलाई भाडाको ट्याक्सीलाई मिटरमा संचालन गर्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत सहित सरोकारवालाबीच प्रदेश सभा सचिवालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो ।

अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरामा मिटरमा ट्याक्सी संचालन नहुँदा आम उपभोक्ता ठगिने गरेको र गण्डकी प्रदेश सभामा सांसदले कुरा उठेपछि त्यसतर्फ चासो दिइएको हो । व्यवसायीले ट्याक्सीमा मिटर जडान गरेपनि संचालनमा ल्याएका छैनन् ।

ट्याक्सी ब्यबसायीले भने सरकारले निर्धारण गरेको भाडादरमा मिटरमा ट्याक्सी संचालन गर्न नसक्ने वताएपछि मन्त्री वस्नेतले भने– विहिवारदेखि नै भाडाका ट्याक्सी मिटरमा संचालन हुनुपर्छ, मिटरमा नचल्ने ट्याक्सीलाई कारवाही शुरु गर्छु ।

मन्त्री वस्नेतले मिटरमा नगुड्ने भाडाका ट्याक्सीलाई समात्न कास्की ट्राफिक प्रमुखलाई निर्देशन समेत दिएका छन् । ट्याक्सी व्यवसायीले सरकारले वैज्ञानिक भाडादर कायम गरेदेखि आफूहरु मिटरमा गुड्न वताएका छन् ।

ब्यबसायीले वर्तमान भाडादरमा ट्याक्सी मिटरमा संचालन गर्न नसकिन यदि वैज्ञानिक रुपमा भाडादर कायम गरेमा आफूहरु मिटरमा चल्न तयार रहने मन्त्री वस्नेतलाई जानकारी गराएका थिए ।

प्रदेश कानून कार्यान्वयन नभएसम्म संघीय कानून अनुसार तोकिएको भाडादरमा मिटर ट्याक्सी संचालन गर्न मन्त्री वस्नेतललेनिर्देशन दिए । पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाश तिवारीले वैज्ञानिक भाडादर निर्धारण भएपछि मिटरमा संचालन गरिने बताए । वि.स. २०६९ सालमा निर्धारण गरिएको भाडादरमा मिटर ट्याक्सी संचालन गर्दा पेट्रोलकोपैसासमेत नउठ्ने तिवारीले बताए ।

अध्यक्ष तिवारीले ट्याक्सी चढेपछि शुरुमा एक लिटर पेट्रोलको मूल्य र पछि पल्स अनुसार १४ रुपैयाँको दरले भाडा निर्धारण भएमात्र ट्याक्सी मिटरमा गुडाउन सकिने बताए ।

गण्डकी ट्याक्सी व्यवासायी प्रालिका अर्जुन पौडेलले वर्तमान भाडादरमा पोखराको सडकमा ट्याक्सी मिटरमा गुड्न नसक्ने बताए । पोखरामा दुई तर्फी यात्रु पाउनै मुस्किल हुने भएकाले नोक्सान व्यहोरेर ट्याक्सी संचालन गर्न नसकिने बताए ।

नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष केदार पौडेलले बैज्ञानिक भाडादर कायम गरेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर क्षत्री अधिकारीले मिटरमा ट्याक्सी गुड्नु पर्नेमा जोड दिए ।

अर्थ तथा विकास समितिका सदस्य एवं सांसदहरु इन्द्रलाल सापकोटा, हरिशरण आचार्य, जनकलाल श्रेष्ठ, सरिता गुरुङले पोखरामा गुड्ने भाडाका ट्याक्सीलाई मिटर संचालन गर्न आग्रह गर्दा आफूहरु पटकपटक अपनानित भएको गुनासो वैठकमा गरेका थिए । प्रदेश सरकारले कानून बनाएर ट्याक्सीमा देखिएको मिटरको समस्या छिट्टैसमाधान गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

उपभोक्ता समिति कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले ट्याक्सी मिटरमा नचल्नु भनेको देशको कानून मान्दिन भन्नु सरह भएको भन्दै मिटरमा ट्याक्सी गुड्नुपर्ने बताए । कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्की र ट्राफिक प्रमुख मुराहरि मिश्रले सरकारले बनाएको नियममा सवै चल्नुपर्ने भन्दै मिटरमा नगुड्ने ट्याक्सी कारवाहीमा पर्ने चेतावनी दिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width