पुनर्वहालीको माग गर्दै प्रेस युनियनद्वारा ज्ञापन

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७६
IMG_20190904_141839

पोखरा, १८ भदौ । श्रमजीवी पत्रकार पुनरवहाली तथा पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल प्रेस युनियन कास्कीले बुधवार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत संचार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटालाई ज्ञापन पत्र वुझाएको छ ।

नेपाल प्रेस युनियनको केन्द्रीय कार्यक्रम अन्तर्गत कास्की शाखाका अध्यक्ष नवीन सिग्देलले बुधबार प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र बुझाएका थिए । प्रजिअ केसीले पत्रकारले बुझाएको ज्ञापनपत्र संघका संचारमनत्रीलाई पठाउने प्रतिबद्धता व्यक्त गरे ।

राजनीतिक आस्था राखेकै कारण रेडियो नेपालमा कार्यरत पत्रकारलाई निस्काशित गर्नु गलत हो, उनीहरुलाई तुरन्त पुनर्वहाली गर्न यसअघि पटक पटक दबाब दिँदै आएपनि रेडियो नेपालको व्यवस्थापन पक्षले कुनै सुनुवाइ नगरेकाले केन्द्रीय समितिले थप आन्दोलन गर्ने निष्कर्ष निकाल्दै पहिलो चरणमा बुधवार देशभरका प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा सरकार दिनप्रतिदिन मिडियाप्रति आक्रामक बन्दै गइरहेको र पोखराका पत्रकार ओम हमाललाई गैरकानूनी रुपमा गिरफ्तारी गरिएको घटनाप्रति खेद प्रकट गरिएको छ । अदालतको आदेशमा रिहा भए लगत्तै पुनः पक्राउ गरी सरकारले कानूनी राज्यको उपहास गरेको भन्दै पत्रकार हमाललाई तुरुन्त बिनाशर्त रिहाइको माग गरिएको छ ।

ज्ञापनपत्रमा अन्य सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका श्रमजीवी पत्रकारलाई निस्कासन गरी आफ्ना पार्टी कार्यकर्ता भर्ति गर्ने तथा स्ट्रिञ्जरको म्याद थप नगरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

त्यस्तै, प्रेस स्वतन्त्रताविरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

सरोकारवालासँगको सहमतिको हवाला दिँदै विवादास्पद प्रावधान राखेर प्रेस काउन्सिलले असोज ६ देखि आचारसंहिता लागू गर्ने भनेकोमा असहमति जनाइएको छ । बैठकले विवादास्पद प्रावधान राखेर आचारसंहितालाई कानूनको रूपमा ल्याउन खोजेकोप्रति आपत्ति जनाइएको छ ।

प्रेस युनियन सदैव पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा लडिरहने प्रण गर्दै प्रेस स्वतन्त्रताविरोधी कुनै पनि क्रियाकलाप स्वीकार्य नहुने स्पष्ट पार्दछ ज्ञापनपत्रमा भनिएको छ  । ज्ञापन पत्र वुझाउदै प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सरकार पत्रकारमैत्री नभई तानाशाही बनेको आरोप लगाएका छन् ।
‘सरकार दिनप्रति दिन निरंकुश बन्दै गइरहेको छ, श्रृङ्खलाबद्व रुपमा पत्रकारलाई सरकारी स्वामित्वका संचारमाध्यमबाट निकाल्ने र विभिन्न बहानामा पत्रकारलाई पक्राउ गर्दै छ,’ युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले भने, ‘सरकारका यस्ता गतिविधि हामीलाई स्वीकार्य छैन।’ उनले आफूसहित सबैलाई जेल हालेर देश चलाउन चेतावनी दिए ।’

ज्ञापनपत्र बुझाउन केन्द्रीय सदस्य टंक अधिकारी, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, कास्की सचिव प्रदीप पौडेल, कोषाध्यक्ष विजय लम्साल लगाएत पत्रकारको सहितको टोली संलग्न थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width