गैरकानूनी थुनाको विरोधमा पत्रकार आन्दोलित

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७६
hamal

पोखरा, १८ भदौ ।पत्रकार ओम हमाललाई बिना सर्त रिहाईको माग गर्दै कास्कीमा क्रियाशील पत्रकारले बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि धर्ना दिएका छन् ।

सर्वोच्च अदालतले मंगलवार दिउसो रिहाईगर्न दिएको आदेश अवज्ञा गर्दै प्रहरीले अदालतकै गेटबाट पत्रकार ओम हमाललाई पुनःपक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा राखेको बिरोधमा पत्रकारहरु आन्दोलित बनेका हुन् ।

नेपाल पत्रकार महासंघ कास्कीको अगुवाईमा संचारकर्मीले जिल्ला प्रशासन कार्यालय कास्कीको मूलद्वारा अगाडि धर्ना दिनुको साथै पत्रकार हमाललाई गैरकानूनी रुपमा थुनामा राखिएकोले तुरुन्त बिना सर्त रिहाई गर्नुपर्ने माग राख्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल मार्फत प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझायएको छ ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सहितका संचारकर्मी ज्ञापन पत्र बुझाउन पुगेका थिए । ज्ञापन पत्रमा पत्रकार ओम हमाललाई बिना सर्त तुरन्त रिहाई गर गैरकानूनी रुपमा थुनामा राख्न पाइदैन, प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर लगायतका माग थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं जनसंचार डटकमका सम्पादक ओम हमाललाई कास्की प्रहरीले भदौ ६ गते पोखराको सिशुवाबाट हिरासतमा लिएको हो । पत्रकार हमाल पोखरामा २३ वर्षदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका छन् ।

धर्नामा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार नवराज सुवेदी, नेपाल प्रेस युनियन कास्की नवीन सिग्देल, राष्ट्रिय फोटो पत्रकार गण्डकी प्रदेश अध्यक्ष राम गुरुङ, प्रेस संगठनका सन्देश श्रेष्ठ, इन्सेकका प्रदेश प्रमुख शिवकुमार खकुरेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, महासंघ कास्की उपाध्यक्ष बिमला भण्डारी, महासंघ सदस्य कमल पौडेल अथक लगायतले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको भन्दै पत्रकार हमालको रिहा नगरेसम्म आन्दोलन गरिरहने चेतावनी दिए ।

हमालको रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै न्यायधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । तर, हमाललाई रिहा गर्ने आदेश लगत्तै सर्वोच्चको गेटबाटै पुनः पक्राउ गरिएको थियो ।

त्यसैगरी पत्रकार ओम हमालको गैरकानुनी थुना मुक्तको माग गर्दै बागलुङ जिल्ला प्रशासन कार्यालयमा पनि प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाालाई सम्वोधन गरी ज्ञापन पत्र वुझाइएको छ । सम्मानित सवोृच्च अदालतले आदेश दिए लगत्तै पुनः अदालत परिसरबाटै पक्राउ गर्नु गैरकानूनी भएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width