एटीएम ह्याक गर्ने ७ चिनियाँ र १ फ्रान्सेली नागरिक रहेको पुष्टि

एजेन्सी
भाद्र १७, २०७६
maxresdefault

पोखरा, १७ भदौ । एटीएम ह्याक गरी पैसा लुट्ने ह्याकरहरूविरुद्ध प्रहरीले सुरु गरेको कारबाहीमा पाँच जना चिनियाँ र एक फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

प्रहरीको अनुसन्धानबाट सोमबार अपराह्नसम्म घटनामा आठ जना विदेशी नागरिकको संलग्नता पुष्टि भएको छ। उनीहरुलाई सघाउने तीन नेपालीलाई समति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चिनियाँ ह्याकरविरुद्धको अप्रेसनमा उनीहरुले नेपाली रुपैयाँ साट्ने दुई मनि चेञ्जर संचालक र प्रवन्धकलाई समेत पक्राउ गरेको छ । चिनियाँ टोलीले २९ लाख ९९ हजार रुपैयाँ अमेरिकी डलर साट्ने काठमाण्डौका दुई मनि चेञ्जर सञ्चालक र प्रबन्धकलाई पक्राउ गरेको हो ।

नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान अधिकारीहरुका अनुसार शनिबार बिहानदेखि एटीएमबाट पैसा निकाल्न थालेका चार जना चिनियाँले आलोपालो गरी ठमेलका यी दुई मनि चेञ्जरमा पुगेर पैसा साटिरहेको क्लोज सर्किट क्यामेरामा भेटिएको छ।

प्रहरीले दुवै मनि चेञ्जरका सीसीटीभी फुटेज समेत लिएर अनुसन्धान गरिरहेको छ। शनिबार राति भएको एटीएम ह्याक घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। सोही क्रममा थप विवरण सार्वजनिक भएको हो।

परिसरबाट अनुसन्धानको नेतृत्व गरिरहेका डीएसपी होविन्द्र बोगटीले मनि चेञ्जरबाट लुटिएको रकम बरामद भएको बताए। उनले दुवै मनि चेञ्जरले गैरकानुनी रुपमा नेपाली रुपैयाँ सटही गरेकाले सोही कसुरअनुसार मुद्दा अघि बढने बताए।

डीएसपी बोगटीले भने, ‘विमानस्थलमा पक्राउ परेका आरोपीसँग समेत ६ हजार अमेरिकी डलर बरामद भएको छ।’ फरार रहेका दुई जनाले मनि चेञ्जरबाट साटेको रकम लिएर फरार भएको आशंका उनले व्यक्त गरे।

परिसरको टोलीले भिसा कार्डको एउटा स्विच ह्याक गरेर करिब दुई करोड रकम निकाल्ने ५ चिनियाँ र एकजना फ्रान्सेली नागरिकलाई पक्राउ गरेका अनुसन्धान गरिरहेको छ। परिसरको विशेष टोलीले शनिबार राति नियन्त्रणमा लिएका पाँच जना चिनियाँ नागरिकसँग चीनको राहदानी फेला परेको छ।

विमानस्थलबाट पक्राउ परेका नागरिकसँग फ्रान्सको राहदानी फेला परेको छ। प्रहरी खोजीमा रहेका अन्य दुईको विवरण प्रहरीले गोप्य राखेको छ।डीएसपी बोगटीले फरार रहेका दुई जना समेत चीनकै राहदानी वाहक भएको बताए।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width