पोखरा, १४ भदौ । पोखरा १४ काजीपोखरी स्थित चण्डीकालिका महिला बचत तथा ऋण सहकारी संस्थाको बिहीबार सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले पुन ः दिलकुमारी जिसी (लक्ष्मी) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष सुनिता सुवेदी आचार्य, सचिव सविता चाँपागाई, कोषाध्यक्ष तारा गुरुङ, सहसचिव पार्वती गौतम, छन्।त्यस्तै सदस्यमा सावित्री केसी राधा पोखे्रल , वृहस्पति गिरी, कृष्णकुमारी न्यौपाने, राधिका कार्की, लक्ष्मी घिमिरे,छन्।लेखा समिति संयोजक देवीकुमारी गुरुङ, सदस्यमा कमला बराल र इन्द्रा कार्की छन्।
ऋण लगानी उपसमिति र शिक्षा उपसमितिको संयोजकमा प्रथम बैठकबाट छनोट गरिने नयाँ कार्यसमितिले जानकारी दिएको छ ।
ऋण लगानी तथा असुली उपसमिति सदस्यमा पुष्पा भण्डारी, कोपिला भण्डारी छन्।शिक्षा उपसमिति सदस्यमा राधा ओली, कल्पना केसी रहेका छन्।
गण्डकी प्रदेश सांसद गायत्री गुरुङले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै चण्डीकालिका महिला सहकारीले आर्थिक आयआर्जनमा सहभागीभई आर्थिक अवस्था सुधार्ने कार्यमा लाग्नुपर्ने र आफूले पनि सहयोग गर्र्ने बताइन्। साथै संस्थालाई प्रगति र सफलताको शुभकामना व्यक्त गरिन्।
संस्थापक अध्यक्ष अम्बिका तिमिल्सिनाबाट संस्थाको स्थापनाकालदेखि हालसम्मको अवस्था प्रकाश पारिन्।त्यसै अवसरमा शुभसौगात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललीतबहादुर बानिया, भगवती आमा समूहकी अध्यक्ष जीवनकुमारी बरालले शुभकामना मन्तव्य राखेका थिए।
सोही अवसरमा विभिन्न विद्यामा उत्कृष्ट हुने तीन जनालाई सम्मान गरिएको थियो।उत्कृष्ट कारोबार गर्ने रीता हमाल, उत्कृष्ट बचत गर्ने पवित्रादेवी गुरुङ र उत्कृष्ट कर्मचारी कल्पना पुनलाई सम्मान गरेको छ।
अध्यक्ष दिलकुमारी जिसीबाट प्रगति प्रतिवेदन, कोषाध्यक्ष तारा गुरुङले आर्थिक प्रतिवेदन र व्यवस्थापक प्रविण के.सीले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरी पारित गरेको छ ।निर्वाचन समितिका संयोजक रामचन्द्र सुवेदी, सदस्य डिलसुभा गुरुङ र विमला लम्सालले नवनिर्वाचित समितिलाई सपथ खुवाएका थिए।
दिलकुमारी जिसी(लक्ष्मी)को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उपाध्यक्ष सुनिता सुवेदी आचार्यले स्वागत र सञ्चालन सचिव सविता चापागाईले गरेकी थिइन्।
सरला त्रिपाठी भण्डारी
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१