६३ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७६
blood photo

पोखरा, १४ भदौ । कलम वचत तथा ऋण सहकारी सस्थांको दशौ वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमका ६३ युनिट रगत संकलन भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की र कलम सहकारीको संयुत्त आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका रजिष्टार वद्रीनाथ अधिकारीले पहिलो रक्तदाता सहकारीका व्यवस्थापक सन्तोष लामिछाने र शेयर सदस्य जीतबहादुर कुँवरलाई ब्लडव्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

कलम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम शर्मा भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेलले गरेका थिए ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महांसघ कास्कीका अध्यक्ष मोहन प्रसाद सापकोटा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महांसघका केन्द्रीय सदस्य शिवराज वास्तोला सेयर सदस्य गुप्तप्रसाद शर्मा लगाएतले रगतदान गर्ने सवैमा धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम सन्चालन नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महांसघ कास्कीका सचिव गोविन्द गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width