आइजीपी खनाललाई सरकारको स्पष्टीकरण

एजेन्सी
भाद्र १४, २०७६
Sarbendra-Khanal-

काठमाडौं, १३ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाइ भेट गरेको भन्दै सरकारले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनैले नाम जोडेपछि पक्राउ परेका न्यूज २४ टेलिभिजनबाट प्रशारित कार्यक्रम सीधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेलाई आइजीपी खनालले भेटघाट गरेको भन्दै उनीसँग गृहमन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले खनालसँग मौखिक स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ । स्रोतका अनुसार खनाललाई ‘आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेटेको ? त्यसबारे किन गृह मन्त्रालयसँग पूर्वस्वीकृति नलिएको ? भन्दै गृहमन्त्री र गृहसचिवले प्रश्न गरेका हुन् ।

स्रोतका अनुसार यो विषयमा गृहमन्त्रालयको मात्र होइन, प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको बुझिएको छ । प्रहरी प्रमुख आफै चितवन पुगेर रविलाई भेटेका हुन वा गृहको कुनै स्वीकृति वा छलफल योजनामा भेटेका हुन ? भन्ने प्रधानमन्त्री कार्यालयबाट सोधपुछ भएपछि गृहमन्त्री र गृहसचिवले खनाललाई बोलाएर सोधपुछ गरेका हुन् ।

प्रअरी प्रमुख खनाल त्यो दिन गृहमन्त्रालयलाई जानकारी नै नदिई संगठनको आन्तरिक कामका लागि भन्दै चितवन पुगेको बुझिएको छ । रवि लामिछानेले हिरासतमा असुरक्षित रहेको भन्ने खबर बाहिर आएपछि खनालले हिरासतमै रविलाई भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन समेत दिएका थिए ।

पछि चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख, उनका सहकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स अस्मिता कार्कीलाई बिना धरौटी रिहा गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width