सराङकोटमा पुरुष तथा महिला भलिवल हुने

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७६
volleyball-1

पोखरा, १३ भदौ । पोखरा–१८ सराङकोटमा भाद्र १६–१७ सम्म पुरुष तथा महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा पुरुष तथा महिला गरी १४ टीमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भकुण्डे युवा मञ्च तथा शान्त भलिबल ट्रेनिक सेन्टरले जानकारी दिएको छ ।

महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागिएको हो । पुरुषतर्फ प्रथम हुने समूहले ९ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने द्धितीय हुने समूहले ८ हजार १ सय र तृतीय हुने समूहले ७ हजार २ सय लगायत मेडल, प्रमाण पत्र प्राप्ते गर्नेछन् ।

त्यसैगरी महिलातर्फ प्रथम स्थान हासिल गर्नेले ४ हजार ५ सय, ट्रर्फि, मेडल, प्रमाणपत्र, द्धितीय हुने समूहले ३ हजार ६ सय र तृतीय हुने समूहले २ हजार ७ सय प्राप्त गर्ने शान्त भलिबल ट्रनिङ सेन्टरका संयोजक तथा मुख्य प्रशिक्षक दिनेश प्रसाद चौधरीले जानकारी दिए ।

शान्त माविमा हुने उक्त प्रतियोगिता २ दिन संचालन हुने छ, मेला मुख्य प्रायोजकमा गिरीराज लामिछाने छन् । तीज मेला २०७६ का अन्य आर्कषणमा घैटो फुटाउने, ठेलो हान्ने, चुरी हान्ने प्रतियोगिता, बट्टा हान्ने लगायतका प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । शान्त भलिबल प्रशिक्षण केन्द्र निःशुल्क रुपमा स्थापनाकाल देखि नै स्थानीय युवालाई भलिबल प्रशिक्षण दिदै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width